गोलन्जोर -६ मा बिधालयका हरेक कक्षाकोठामा (सिसिटिभि) जडान

सिन्धुली – गोलन्जोर गाउँपालिका वडा नम्बर -६ ले आफ्नो क्षेत्रमा पर्ने विद्यालय तथा कक्षाकोठामा सिसिटिभि जडान गरेको छ । वडाध्यक्ष रबिन कुमार श्रेष्ठले सिसिटिभि क्यामरा जडान सङ्गै अब विद्यायल तथा हरेक कक्षाकोठाको गतीविधी वडा कार्यालयबाटै निगरानी गर्न सकिने बताए ।

वडा अन्तर्गत हाल सात बिधालयको हरेक कक्षाकोठामा सिसिटिभि क्यामरा जडान गरि कक्षाकोठाको गतिबिधी वडा कार्यालयबाटै निगरानी गर्ने कार्य भइरहेको वडाध्यक्ष श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार वडा अन्तर्गतका मंगला मावि घाेक्सिला, प्रभात निमावि देउरालिटार, बालकन्या प्रावि हैबारगाउँ, गणेश प्रावि मगरबेशी, नाकाजोलि प्राबी, जनता प्रावि छेत्पा र कल्यान प्रावि हैवार बिधालयका हरेक कक्षाकोठामा सिसिटिभी जडान गरिएको छ ।

अब यी बिधालयमा मात्रै नभएर बिधालयका हरेक कक्षाकोठाका गतीविधि वडाबाटै निगरानी गर्न सकिनेछ” । वडाध्यक्ष श्रेष्ठले अंकपत्रलाई जानकारी दिए । श्रेष्ठका अनुसार विद्यालयका हरेक गतीविधि अव वडा कार्यालयबाटै निगरानी हुनेछ, साथमा वडा अन्तर्गतका बिधालयमा बिद्युतिय हाजिरिको समेत ब्यबस्था गरिएको छ ।

उनले यो कार्य सङ्गै विद्यायलका लागि प्रयोगशाला, आवश्यक भौतिक संरचना र शैक्षिक सामाग्रीमा समेत वडाले आगामी दिनमा लगानी गर्ने प्रतिवद्धता जनाए ।

कक्षा कोठा तथा बिधालयमा सिसिटिभी जडान कार्यले विद्यालयको ब्यवस्थापन र शैक्षिक गुणस्तर सुधारका निम्ती सकारात्मक सहयोग पुग्नुका साथै विद्यालय परिसर र कक्षाकोठामा हुने बद्मासी, लापरवाही निगरानी गरी बिधालयमा शैक्षिक वातावरण बन्नेमा बिश्वस्त छौं, वडाध्यक्ष श्रेष्ठले भने ।’

प्रकाशित मिति : २८ श्रावण २०८१, सोमबार १६:११

प्रतिक्रिया दिनुहोस्