भगवती बिधालय घटना: आत्महत्या प्रयास गरेका छात्रको मृत्यु

सिन्धुली – केही दिन अघि बिधालयको होस्टेलमा आत्महत्याको प्रयास गरेका जिल्लाको भगवती अंग्रेजी माध्यामिक बिधालयमा अध्यनरत छात्र रजनेश शाहको उपचारको क्रममा शुक्रबार बिहान मृत्यु भएको छ ।

धुलिखेल अस्पतालले दिएको जानकारि अनुसार शाहको उपचारको क्रममा शुक्रबार बिहान मृत्यु भएको हो । बिधालयका प्रीन्सिपल कृष्ण कुमार उप्रेतीले उपचारत छात्रको स्वास्थ्य अबस्था क्रमिक सुधारको क्रममा रहेको बुधबार अनुगमनको क्रममा जानकारी दिएका थिए । तर, उक्त छात्रको शुक्रवार बिहान मृत्यु भएको अस्पतालले जनाएको छ ।

धनुषा जिल्ला लक्ष्मिनिया नगरपालिका स्थायी ठेगाना भइ हाल जिल्लाको भगवती माध्यामिक बिधालयमा कक्षा आठमा अध्यनरत बर्ष अन्दाजी १३ का रजनेश शाहले गएको आइतबार बिधालयको होस्टेलमै आत्महत्याको प्रयास गरेका थिए ।

आत्महत्या प्रयास गरेका शाहलाई तत्काल उद्धार गरि बिधालयले जिल्ला अस्पताल सिन्धुलीमा उपचारका लागी लगेको थियो । तर, जिल्ला अस्पतालले धुलीखेल अस्पतालमा थप उपचारको लागी रिफर गरेपछी गएको आइतबार देखी उनको अस्पतालको सघनकक्ष (भेण्टिलेटरमा) राखी उपचार भइरहेको थियो ।

अस्पतालले उक्त छात्रको शुक्रबार मृत्यु भएको पुष्टि गरेपछि भेण्टिलेटरबाट निकाली पोष्टमार्टमको लागी पठाइएको जनाएको छ ।

आत्महत्या प्रयासको घटनाबारे बताउदै बिधालयका प्रीन्सिपल कृष्णकुमार उप्रेतीका अनुसार केही दिन अघि राखी बाध्ने दिनको अघिल्लो दिन उक्त छात्रले धनुषा जिल्ला लक्ष्मिनिया नगरपालिका स्थित आफ्नो घर जान छुट्टि चाहेका थिए ।

तर, घरछुट्टिबाट बिस दिन अघि मात्रै होस्टल फर्केका उक्त छात्रको बुबाले भर्खर २० दिन भयो घरबाट गएको म बरु राखी बाध्न बैनिलाई त्यही होस्टलमै लिएर आउछु घर अहिले आउनु पर्दैन भनेपछी उनलाई घर पठाइएको थिएन ।

घटना भएको दुई दिन अघि बिहिबार उक्त छात्रले टाउको दुखेको भनेपछी सदरमुकाम स्थित एन्जल क्लिनिकमा लगेर उपचार तथा औषधि गरि निको भएको समेत बिधालय प्रशासनले जनाएको छ ।

औषधिउपचार पछि निको भएका उक्त छात्र दुई दिनपछी आइतबार तौलीको प्रयोग गरि होस्टलको ढोका माथिको ग्रीलमा पासो लगाइ आत्महत्या गर्ने प्रयास गरेका थिए ।

प्रकाशित मिति : ७ भाद्र २०८१, शुक्रबार ०९:४४

प्रतिक्रिया दिनुहोस्