कपिलाकोटमा खोलाले बगाएर एक युबकको मृत्यु

सिन्धुली – जिल्लाको मरिण गाउँपालिका दधिदमारमा खोलाले बगाएर एक युबकको मृत्यु भएको छ ।

मरिण गाउँपालिकास्थित चुनिया खोलाले आइतबार दिउँसो दुई बजेको समयमा बाख्रा चराउन गएका मरिण गाउँपालिका -७ का बर्ष २८ का ज्ञानबहादुर भोलनको खोलाले बगाइ मृत्युु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी प्रमुख गोबिन्दराज काफ्लेले जानकारी दिनुभयो ।

खोलाले बगाइ मानिस मृत अबस्थामा फेला परेको भन्ने प्राप्त सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय कपिलाकोटबाट खटिएको टोलिले भोलनलाई मृत अबस्थामा फेला पारेको थियो ।

फेला पारेको शव पोष्टमार्टमको लागि प्राथमिक स्वास्थ्य केन्द्र कपिलाकोट पठाइएको प्रहरी प्रमुख काफ्लेले बताउनुभयो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ९ भाद्र २०८१, आईतवार १५:२६

प्रतिक्रिया दिनुहोस्