धुराफाटको एक होटलमा तास खेलीरहेको अबस्थामा ९ जना पक्राउ

सिन्धुली – कमलामाइ नगरपालिका स्थित एक होटलमा तास खेलिरहेको अवस्थामा ९ जना पक्राउ परेका छन् ।

कमलामाइ नगरपालिका-६ स्थित धुराफाटमा रहेको आस्विन होटल तथा खाजा घरमा तास खेलिरहेको अवस्थामा सोही होटलका संचालक तारा कुमार श्रेष्ठ लगायत ९ जनालाई सोमबार साझ प्रहरीले पक्राउ गरेको हाे ।

उक्त होटलमा तास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ६ सय ४५ रुपैयाँ र १० बुक ताससहित फेला पारी पक्राउ गरेको हो ।

पक्राउ परेका ९ जनालाई अपराध संहिता २०७४ मा ब्यबस्था भए बमोजिम जुवा-तास खेल्न खेलाउन नहुने कसुरमा मंगलबार जिल्ला प्रसाशन कार्यालय सिन्धुलीबाट दस दिनको म्याद थप लिइ आबस्यक अनुसन्धान तथा कारबाही भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक गोबिन्दराज काफ्लेले जानकारी दिनुभयो ।

चाडबाड नजिकिए सङ्गै जुवा तास खेल्ने खेलाउने, चोरी निकासी तथा अबैध गतिबिधीहरु हुन सक्ने भएकोले यसको नियन्त्रणका लागी बिशेष निगरानि सहित प्रहरी परिचालन गरिएको समेत प्रहरी प्रमुख काफ्लेले बताउनुभयो ।

प्रकाशित मिति : १८ भाद्र २०८१, मंगलवार १४:५१

प्रतिक्रिया दिनुहोस्