बिद्यार्थीबाट १२ लाख उठाइ बिएसएस ईन्स्टिच्युटका संचालक फरार

सिन्धुली – जिल्लाको कमलामाइ नगरपालिका -६ माढिबजारमा संचालित एक कम्प्युटर ईन्स्टिच्युटका संचालक करिब १५० जना बिद्यार्थीबाट मोटो रकम उठाइ फरार भएका छन ।

कम्प्युटर तथा भाषा सिकाइको लागी भन्दै प्रति बिद्यार्थीबाट ५५०० देखि ८ हजार रुपैयाँसम्म लिएर ईन्स्टिच्युटका संचालक फरार बनेको उक्त ईन्स्टिच्युटमा अध्यनरत बिद्यार्थीले ‘अंकपत्र’लाई जानकारि दिए ।

माढिबजारको स्टलबजारमा संचालित बिएसएस कम्प्युटर लर्निङ्ग सेन्टरका संचालक कमलामाइ नगरपालिका १० का सुदर्शन श्रेष्ठले कम्प्युटर तथा भाषा सिकाइको लागी भन्दै बिद्यार्थीहरुबाट करिब १२ लाख रुपैयाँ उठाएर फरार बनेका हुन ।

कम्प्युटर ईन्स्टिच्युटका संचालक श्रेष्ठ बिद्यार्थीबाट मोटो रकम उठाएर फरार बनेपछी ईन्स्टिच्युट साउन ४ गतेदेखी बन्द छ । फरार ब्यक्तीलाई पक्राउ गरि छनबिन गरिदिन उल्लेख गर्दै ईन्स्टिच्युटमा अध्यनरत बिद्यार्थीले भाद्र २७ गते जिल्ला प्रशासन कार्यालय सिन्धुलीमा निबेदन दिएका थिए ।

निबेदन मार्फत फरार ब्यक्तीलाई आबस्यक छानबिन गरि बिद्यार्थीबाट लिएको पैसा फिर्ता गर्न या पुनः कक्षा संचालन गर्नका लागी बिद्यार्थीले जिल्ला प्रशासन कार्यालयसंग माग गरेका छन ।

जिल्ला प्रशासन कार्यालयका निमित्त प्रमुख जिल्ला अधिकारी कृष्णमणि फुयालद्वारा हस्ताक्षरीत पत्र अनुसार जिल्ला प्रहरी कार्यालयमा आबस्यक छानबिनका लागी सक्कल कार्यार्थ पत्र पठाइएको छ ।

प्रकाशित मिति : ३० भाद्र २०८१, आईतवार ०५:३२

प्रतिक्रिया दिनुहोस्