जनज्योती माबी फोस्रेटारमा एक हजार माथी बिद्यार्थीलाई दुधपान

सिन्धुली – जिल्ला स्थित जनज्योती माबी बिधालय फोस्रेटारका विद्यार्थीलाई नेपाल डेरी एसोसिएसन जिल्ला समिती सिन्धुलीले बुधबार दूधपान गराएको छ ।

एसोसिएसनले विश्व स्कुल दूध दिवस मनाउने क्रममा बिधालयका करिब एक हजार भन्दा माथीको संख्यामा बिद्यार्थीलाई दूधपान गराएको हो ।

एक हजार जना विद्यार्थीहरूलाई वितरण गर्दै जनचेतनामूलक कार्यक्रम गरिएको एसोसिएसनका अध्यक्ष बलराम अधिकारीले जानकारी दिनुभयो ।

कार्यक्रममा कमलामाइ नगरपालिकाका नगरप्रमुख उपेन्द्र कुमार पोखरेलले दूध पौष्टिक तत्वले भरिपूर्ण भएको हुनाले बिहान बेलुका विशेष गरी बालबालिकाहरूले दूध पिउनु पर्ने बताउनुभयो ।

नगरप्रमुख पोखरेलले, ‘दुधलाई अमृतकाे संज्ञा दिदै नियमित दूध तथा दुग्धजन्य पदार्थको उपभाेग गर्नमा सबैलाई जाेड दिनुभयो । विद्यार्थीले वजारमा पाईने विभिन्न जंकफुडकाे सट्टा दूध तथा दुग्धजन्य पदार्थ सेवनलाई प्राथमिकता दिनुपर्ने उहाँको भनाइ छ ।

उहाँले दूध पूर्ण पौष्टिक आहार भएकाले सबै विद्यार्थीहरूलाई अनिवार्य दूध तथा दुग्ध पदार्थ सेवन गर्दा निरोगी बन्न सहयोग पुग्ने बताउनुभयो ।

दुधपान कार्यक्रम समापन गर्दै एसोसिएसनका अध्यक्ष अधिकारीले दूधबाट बनेका परिकारहरू, दूधको स्रोत, बजारीकरण, उत्पादन, प्रशोधनदेखि उपभोक्तासम्म पुग्ने क्रममा गोठदेखि ओठसम्मको तरिका सबैले बुझ्नु पर्ने बताउनुभयो ।

विश्व स्कुल दुग्ध दिवस सन् २००० सेप्टेम्बर महिनाको अन्तिम बुधबारबाट मनाउन सुरु गरिएको हो । विश्वका कुनै पनि विद्यालय बन्द नरहने अवस्थालाई मध्यनजर गरेर यो समयमा यस दिवस मनाउन थालिएको हो । 

विश्वभर कुनै पनि बालबालिका दूग्ध सेवनबाट वञ्चित नहुन् भनेर मनाउन सुरु गरिएको यो दिवस नेपालमा नेपाल डेरी एसोसिएसनले सन् २०१४ बाट मनाउन शुरु गरेको हो ।  यस वर्ष असोज ३ गतेदेखि दैनिक कार्यक्रम गरि साताव्यापी कार्यक्रम गरि मनाइएकोमा १० औं पटक कार्यक्रम गरिएको छ ।

यस वर्ष विश्वमा २४ औं र नेपालमा १० औं विश्व स्कुल दुध दिवस “नियमित दुध तथा दुग्ध पदार्थ सेवन, स्वस्थ र निरोगी रहन्छ विद्यार्थी जीवन” भन्ने नारा सहित आज विभिन्न कार्यक्रमहरु गरि मनाइदै छ ।

प्रकाशित मिति : ९ आश्विन २०८१, बुधबार १०:५८

प्रतिक्रिया दिनुहोस्