५ साउन, वीरगञ्ज । पर्साको पकाहामैनपुर गाउँपालिका– १ धोरेका ४० वर्षीय श्यामवदन यादव ‘पागल इन्जिनियर’को रूपमा परिचित छन् । रोहित भण्डारी ‘सुकदेव’ले लेखेको ‘सम्भव छ’ नामक पुस्तकमा २२ जना पौरखीको कथा समेटिएको छ, जसमध्ये एउटा कथा ‘पागल इन्जिनियर’ श्यामवदन कै हो ।
उनले भारतको बैङ्गलोरमा कम्प्युटर इन्जिनियरिङ र एमबीए गरे । दुईवटा डिग्रीले राम्रो ठाउँमा जागिर खान उनी सक्षम छन् । तर उनले पितापुर्खाले अपनाएको पशुपालनलाई मुख्य पेसा बनाउने निधो गरे । त्यसपछि सुरु भयो ‘पागलपन’को यात्रा ।
५ साउन, वीरगञ्ज । पर्साको पकाहामैनपुर गाउँपालिका– १ धोरेका ४० वर्षीय श्यामवदन यादव ‘पागल इन्जिनियर’को रूपमा परिचित छन् । रोहित भण्डारी ‘सुकदेव’ले लेखेको ‘सम्भव छ’ नामक पुस्तकमा २२ जना पौरखीको कथा समेटिएको छ, जसमध्ये एउटा कथा ‘पागल इन्जिनियर’ श्यामवदन कै हो ।
उनले भारतको बैङ्गलोरमा कम्प्युटर इन्जिनियरिङ र एमबीए गरे । दुईवटा डिग्रीले राम्रो ठाउँमा जागिर खान उनी सक्षम छन् । तर उनले पितापुर्खाले अपनाएको पशुपालनलाई मुख्य पेसा बनाउने निधो गरे । त्यसपछि सुरु भयो ‘पागलपन’को यात्रा ।
१२ वर्षअघि उनी एउटा दाना उद्योगमा अन्य सुविधासहित मासिक सवा लाख रुपैयाँ तलब बुझ्ने प्रवन्धक थिए । तर मनको हुटहुटीले जागिर छाडेर पशुपालन व्यवसाय सुरु गरे, कुल पाँचवटा गाईबाट । समाजका लागि उनी पागल भएको त्यतिखेरैदेखि हो ।अभिभावकले पनि हप्काए, ‘गाईभैँसी नै स्याहार्नु थियो भने किन त्यत्रो पढ्नुपरेको ?’ सबैका लागि श्यामवदनसँग एउटै उत्तर थियो, ‘आमनेपाली किसानको आँटभरोसा बढाउन म इन्जिनियरले पशुपालन गर्नुपर्ने भयो ।’
नाखुस बनेका अभिभावकले पनि हप्काए, ‘गाईभैँसी नै स्याहार्नु थियो भने किन त्यत्रो पढ्नुपरेको ?’ सबैका लागि श्यामवदनसँग एउटै उत्तर थियो, ‘आमनेपाली किसानको आँटभरोसा बढाउन म इन्जिनियरले पशुपालन गर्नुपर्ने भयो ।’
त्यो सुनेर अविभावक झन् रिसाउँथे, अरू हाँस्दै बाटो लाग्थे । ‘सबैले आलोचना गर्दा एकदमै तनाव हुन्थ्यो, साँच्चै गलत बाटो त रोजिएन भन्ने चिन्ता लाग्थ्यो’, श्यामवदन ती दिन सम्झन्छन्, ‘अर्कोतिर समाजमा नयाँ काम गरेर देखाउन सक्छु भन्ने आत्मविश्वास थियो । अन्ततः त्यसैले जित्यो ।’
१२ वर्षमा जीवन फेरियो
नेपाली समाजमा चलनचल्तीको एउटा उखान छ– ‘१२ वर्षमा खोला पनि फर्कन्छ ।’ श्यामवदन यादवको कुरा सुन्दै जाँदा १२ वर्षमा उनले चाहेजसरी नै जीवन बदलेको बुझिन्छ ।
उनले पाँचवटा गाईबाट सुरु गरेको कलश क्याटल फर्ममा १५० वटासम्म गाई पुगे । उनले दूधकोभन्दा दुग्धजन्य पदार्थको बजार राम्रो देखे । त्यसैको परिणाम थियो– प्रतिदिन २४ हजार लिटर दूध प्रशोधन गर्ने पूर्ण स्वचालित कलश मिल्क इन्डस्ट्री ।
उद्योगमा दूधबाट दही, घिउ, पनिर, मिठाई, आइसक्रिम, केक र पेस्ट्री जस्ता दुग्धजन्य उत्पादन बिक्री गर्न उनले ‘डेरी हब’ खोले । त्यसरी फार्मिङ, प्रोसेसिङ र मार्केटिङको सञ्जाल खडा भयो । उचित मोलमा गुणस्तरीय पदार्थ पाएपछि उपभोक्ता खुसी हुन्छन् । त्यसकै परिणाम थियो– वीरगञ्जमा खुलेको डेरी हबको शाखा हेटौंडा, चितवन, लालबन्दीलगायत देशका नौवटा सहरमा विस्तार हुनु ।
करिब सात लाख रुपैयाँबाट सुरु भएको कलश क्याटल फर्ममा नै अहिले २० करोड रुपैयाँ लगानी भइसकेको छ ।
७५ जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । फार्मले पनि नाफासँगै सूर्य नेपाल इन्टरप्रेनरसिप अवार्ड, लियो तथा ग्लोबल इन्टरप्रेनरसिप अवार्ड, कृषि मन्त्रालय र वीरगञ्ज उद्योग वाणिज्य संघको बेस्ट इन्टरप्रेनरसिप अवार्ड पाएको छ ।
व्यवसायको मुनाफा र सामाजिक सम्मानले श्यामवदनको जीवन नफेरिने कुरै भएन ।
१५३ करोड किन र केका लागि ?
आफ्नो समाजलाई जागिरभन्दा ठूलो स्वरोजगारी हो भन्ने पाठ सिकाउन सफल श्यामवदन यादव त्यतिकैमा चुप बस्नेवाला छैनन् । उनी पुर्खाको परम्परागत पेशामा आधुनिक प्रविधि जोड्ने कसरतमा छन् । उनी कलश क्याटल फार्मलाई आधुनिक पशुपालन फार्म र उद्योगको रूपमा विस्तार गर्दैछन् ।