बालबालिकालाई नृत्य तथा गायन सिकाउने नाउँमा ठगी धन्दा

सिन्धुली – बिधालयमा अध्यनरत बालबालिकालाई गायन, नृत्य, उद्घोषण लगायत कार्य सिकाउने भन्दै इएनटी स्टुडियो नामक कम्पनीले सिन्धुली जिल्लाका २५ सय भन्दा माथी बालबालिकालाई ठगेको छ ।

तीन दिनको रु. पाँच सय, सात दिनको रु. एक हजार र एक महिनाको रु. पन्ध्र सयको प्याकेजमा बालबालिकालाई राष्ट्रिय स्तरको कलाकारबाट प्रशिक्षण दिने भन्दै उक्त कम्पनीले बिधालयका २५ सय बढी बालबालिकाबाट पैसा अशुली अहिले फरार रहेको बिद्यार्थीका अभिभावकले गुनासो गरेका छन ।

कमलामाइ नगरपालिका -६ स्थित धुराबजारमा कार्यालय स्थापना गरि बालबालिकालाई कलाकार बनाउने आश्वासनमा बालबालिकाको अभिभावकहरुबाट पैसा अशुल गरि अहिले कार्यालय नै बन्द गरि कम्पनीका संचालक फरार रहेको बालबालिकाका अभिभाबक दिपक घिमिरेले अंकपत्रलाई बताए ।

प्रत्येक बिद्यार्थीलाई एउटा कार्ड बनाइदिइ पैसा असुल गरेर कम्पनीका संचालक फरार भएपछी उक्त ब्यक्तीलाई पक्राउ गरि आबस्यक कारबाहीका लागी सम्बन्धित निकायको ध्यानाकर्षण गर्दछु, ‘अबिभावक घिमिरेले भने ।

बिधालय/बिधालयमा गइ बालबालिकालाई राष्ट्रिय कलाकारबाट नृत्य, गायन लगायत सिकाउने भनी प्रचार गरिएको रहेछ, घरमा छोराछोरीले हामी नि सिक्ने भनेर जिद्दी गरेपछी दुई छोराछोरीलाई आफै गएर भर्ना गरिदिए, अहिले सिक्न जाने बेला कार्यालयमा ताल्चा लगाएर कम्पनीको संचालक नै फरार रहेछ उनले भने ।’

प्रकाशित मिति : १६ आश्विन २०८१, बुधबार ०९:५३

प्रतिक्रिया दिनुहोस्