प्रजातन्त्र सेनानी संघ सिन्धुलीको अध्यक्षमा भट्टराई

सिन्धुली – नेपाली कांग्रेसको भातृ संस्था नेपाल प्रजातन्त्र सेनानी संघ सिन्धुलीको अध्यक्षमा बाबुराम भट्टराई चयन भएका छन् । संघको सिन्धुलीमाढीमा मंगलबार सम्पन्न दोस्रो जिल्ला अधिवेशनबाट अध्यक्षमा भट्टराईसहित सिंगो कार्यसमिति र प्रदेश तथा संघीय प्रतिनिधि निर्विरोध निर्वाचित भएका हुन् ।

संघको उपाध्यक्षमा उत्तरकुमार अधिकारी, सचिवमा बिष्णु प्रसाद अधिकारी, सह सचिवमा रामबाबु थापा, कोषाध्यक्षमा मात्रीका ढकाल सदस्यहरुमा शम्भु प्रसाद दाहाल, युबराज न्यौपाने, गुणराज पौडेल, होमनाथ घिमिरे, दिलिप अधिकारी, चेत बहादुर बिक, उर्मिला कोईराला, जगत कल्याण अधिकारी दनुवार र तारा देबकोटा चयन भएका हुन ।

संघको महाधिवेशन प्रतिनिधिहरुमा उज्ज्वल प्रसाद बराल, माणिक कुमार ढकाल, ध्रुब प्रसाद पहाडी र पदेन महाधिवेशन प्रतिनिधीमा अध्यक्ष बाबुराम भट्टराई चयन भएका छन् । 

कार्यक्रमका प्रमुख अतिथि एवं प्रजातान्त्रिक सेनानी संघका केन्द्रीय अध्यक्ष बालकृष्ण दाहालले प्रजातान्त्रिक सेनानीहरुले नेपाली कांग्रेसको इतिहास बोकेको पार्टी संगठनको विकासमा महत्त्वपूर्ण भुमिका निर्वाह गरेको बताएका छन् ।

उनले तल्लो तहसम्म संगठन निर्माण र जनताको न्युनतम आवश्यकतालाई समाधान गर्न पार्टीका सबै अंगहरु सकृय हुनुपर्नेमा जोड दिएका थिए ।

अधिवेशनमा केन्द्रीय प्रतिनिधि विश्वनाथ कोइराला, बागमती प्रदेश अध्यक्ष गोपाल गिरी, नेपाली कांग्रेस सिन्धुलीका सभापति उपेन्द्र कुमार पोखरेल, पुर्व पार्टी सभापति उज्ज्वल प्रसाद बराल लगायत नेताहरूको सहभागीता रहेको थियो ।

प्रकाशित मिति : २० कार्तिक २०८१, मंगलवार ११:४५

प्रतिक्रिया दिनुहोस्