कमलामाईमा तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने

सिन्धुली – सिन्धुलीको कमलामाइ नगर खेलकुद बिकास समितीको आयोजनामा तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने भएको छ । यस नगरपालिकाको वडा नम्बर–६, सिन्धुलीमाढीस्थित खुल्लामञ्च खम्बेचौरमा प्रतियोगिता आयोजना गर्न लागिएको हो ।

कमलामाइ नगरपालिकास्तरीय नगर खेलकुद बिकास समितिको निर्णय अनुसार यही माघ २५ गतेदेखी २७ गतेसम्म नगरस्तरिय अन्तर विद्यालय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने नगर खेलकुद बिकास समितीका अध्यक्ष लोकबिक्रम थापाले जानकारी दिनुभयो ।

प्रतियोगितामा सहभागी हुने विद्यालयले माघ २० गते अपरान्ह चार बजेसम्ममा नाम दर्ता गराउनुपर्ने छ । चालू शैक्षिक सत्रमा कक्षा १२ सम्म नियमित रुपमा अध्ययनरत १८ वर्षमुनिका छात्रछात्रालाई खेलकुद प्रतियोगितामा सहभागी गराउनुपर्नेछ । प्रतियोगितामा सहभागी विद्यार्थीहरुले एक खेल विधामा सहभागी हुने पाउनेछन् ।

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन निर्देशिका, २०७० (पाँचौँ संशोधन) अनुसार हुनेछ । प्रतियोगितामा भलिबल छात्रछात्रा, कबड्डी छात्रछात्रा, एथ्लेटिक्स छात्रछात्रा दौड (ट्रयाक), उफ्रने र फ्याँक्ने (फिल्ड) तर्फ हाइजम्प, लङजम्प, त्रिपलजम्प, ज्याभलिङ थ्रो, सटपुट र मार्सल आर्टतर्फ कराँते छात्रछात्रा, तेक्वान्दो छात्रछात्रा खेल हुने थापाले बताउनुभयो ।

प्रकाशित मिति : १० माघ २०८१, बिहीबार १३:०४

प्रतिक्रिया दिनुहोस्