जारी स्वर्गिय ‘शारदामणि स्मृति कप’को पहिलो दिन ६ खेल सम्पन्न

१५ माघ, सिन्धुली । गएको आइतबारबाट शुरु भएको स्वर्गीय शारदामणि खड्काको सम्झनामा आयोजित ‘शारदामणि स्मृति कप-२०२५’ सिन्धुली बहुमुखी क्याम्पसको खेल मैदानमा जारी छ ।

स्वर्गीय शारदामणि खड्का स्मृति कप प्रतियोगिताको पहिलो दिन सोमबार भलिबल प्रतियोगिता अन्तर्गतका ६ खेल सम्पन्न भएका छन । पहिलो खेलमा श्री गौमति उच्च माध्यमिक विद्यालयलाई सोझो दुई सेटले पछि पार्दै सिन्धुली बहुमुखी क्याम्पस विजयी भएको छ ।

त्यस्तै दोस्रो खेलमा सिन्धुली कलेज अफ होटल म्यानेजमेन्टसंग भएको प्रतिस्पर्धामा शिद्धबाबा +२ ले लगातार सेट जित निकाल्दै विजयी बनेको छ भने तेस्रो खेलमा खनियाखर्क मावि गोलन्जोर -५ विजयी भएको छ । आधुनिक इङ्ग्लिस बोर्डिङ स्कुललाई लगातार दुई सेटले पछि पार्दै खनियाखर्क मावि विजयी भएको हो ।

स्मृति कप – २०२५ को चौथो खेलमा भने भिमान माध्यमिक विद्यालय विजयी भएको छ । कमला माध्यमिक विद्यालयलाई सोझो दुई सेटले पछि पार्दै भिमान माबी विजयी बनेको हो । सोमबार भएको पाँचौँ खेलमा श्री गौमति उच्च माध्यमिक विद्यालय विजयी भएको छ । शिद्धबाबा बोर्डिङ स्कुललाई लगातार दुई सेटले पछि पार्दै गौमति उच्च माबी विजयी भएको हो ।

यस्तै सोमबार जारी अन्तिम छैटौँ भलिबल खेल प्रतियोगितामा कनपा – ५ स्थित कमला जनज्योति माध्यमिक विद्यालय सिलामे विजयी बनेको छ । प्रतियोगितामा सिद्धज्योती शिक्षा क्याम्पस फोस्रेटारलाई लगातार दुई सेटले पछि पार्दै माबी सिलामे विजयी बनेको हो ।

प्रतियोगिता अन्तर्गत मङ्गलवार (आज) बिहान ९ बजे सिन्धुली बहुमुखी क्याम्पस “वि” र जनता माध्यमिक विद्यालय खनियाखर्क बिच खेल हुने क्याम्पस प्रमुख भानु गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार बिहान १० बजे जनजागृति उच्च माध्यमिक विद्यालय र शिद्धबाबा +२ बिच खेल हुने छ । 

यस्तै बिहान ११ बजे गौमती उच्च माध्यमिक विद्यालय र सिन्धुली बहुमुखी क्याम्पस “ए” बीच खेल प्रतिस्पर्धा हुनेछ भने दिउँसो १ बजे कमला जनज्योति उच्च माध्यमिक विद्यालय र भिमज्योती माबी खुर्कोट बिच खेल हुने छ ।

सिन्धुली बहुखुखि क्याम्पसका पूर्व क्याम्पस प्रमुख स्वर्गीय शारदामणि खड्काको सम्झनामा सिन्धुली बहुमुखी क्याम्पसले आयोजना गरेको ‘शारदामणि स्मृति कप-२०२५’ ( SMC Winter Week -2025) कमलामाई नगरपालिकाका मेयर तथा क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष उपेन्द्र कुमार पोख्रेलले आइतबार एक कार्यक्रमका बिच उद्घाटन गरेका हुन ।

सिन्धुली बहुमुखी क्याम्पसमा लामो समय अध्यापन गराएका पूर्व क्याम्पस प्रमुख समेत रहेका शारदामणि खड्काको प्राणघातक रोग क्यान्सरबाट गएको २०८० माघ १६ गते मङ्गलवारका दिन निधन भएको थियो । उहाँकै सम्झनामा सिन्धुली बहुमुखी क्याम्पसले यस वर्षबाट ‘शारदामणि स्मृति कप-२०२५’ भलिबल प्रतियोगिताको सुरुवात गरेको क्याम्पस प्रमुख भानुभक्त गुरुङले जानकारी दिनुभयो ।

पहिलो जारी ‘शारदामणि स्मृति कप-२०२५’ प्रतियोगितामा आयोजक सिन्धुली बहुमुखी क्याम्पस सहित १३ विद्यालयले प्रतिस्पर्धा गरिरहेका छन् ।

प्रकाशित मिति : १५ माघ २०८१, मंगलवार ००:१२

प्रतिक्रिया दिनुहोस्