२१ माघ, सिन्धुली । सुनसरीको इटहरिमा सम्पन्न दोश्रो सगरमाथा खुल्ला राष्ट्रीय र्यान्किङ्ग व्याड्मिन्टन प्रतियोगितामा सिन्धुलीका प्रतियोगीहरु प्रथम भएका छन । प्रतियोगितामा सन्चालन भएका विभिन्न १५ बिधा अन्तर्गत कर्पोरेट डबल खुल्ला प्रतियोगितातर्फ सिन्धुलीका खेलाडीहरु दिपेन्द्र बस्नेत र सोम श्रेष्ठको जोडि प्रथम भएको हो ।
शनिबार सम्पन्न फाइनल खेलमा सिन्धुलीका खेलाडीहरुले संखुवासभाको टिमलाई जितेर प्रथम स्थान हासिल गरेको खेलाडी दिपेन्द्र बस्नेतले जानकारी दिनुभयो । यसैगरि सोही दिन सम्पन पुरुष सिङ्गल अन्डर १५ तर्फको खेलमा सिन्धुली तिनपाटनका इमा तामाङ्गले तेश्रो स्थान हासिल गरेको बस्नेतले बताउनुभयो ।
माघ १६ गतेदेखी सन्चालन भएको ब्याडमिन्टन प्रतियोगिता नेपालकै सबैभन्दा धेरै बिधाहरु संलग्न रहेको प्रतियोगिता भएको आयोजकले जनाएको छ । प्रतियोगितालाई सुनसरी ब्याडमिन्टन एकेडेमीले आयोजना गरेको हो ।