सिन्धुली । सिन्धुलिको महाभारत क्षेत्रमा निर्माण हुने हृदपिण्डेश्वर धाम निर्माणको लागि करिब ६ करोड लागतको गुरुयोजना तयार भएको छ ।
गोलन्जोर गाउँपालिका -५ हिर्दिङमा निर्माण हुने धामको सम्पुर्ण गुरियोजना तयार भएको र आर्थिक संकलनको कार्यलाई अघि बढाइएको धाम तदर्थ निर्माण समितिका संयोजक गोबिन्द थापाले बताए ।
धाम निर्माणका लागि गोलन्जोर गाउँपालिकाको कार्यालयले १ लाख आर्थिक सहयोग गरेको छ भने अन्य ब्यक्ती तथा संघ-संस्थाबाट अहिलेसम्म करिब ५ लाख रुपैयाँ नगद संकलन भएको छ ।
सहयोग रकम जुट्ने कार्य भइरहेको र यो अभियानलाइ कसरी व्यापक बनाउन सकिन्छ भन्ने बिषयमा सरोकार निकाय तथा सम्बन्धित ब्यक्तिसंग छलफल भइरहेको धाम निर्माणका सहयोगी नेत्रबिक्रम थापाले बताए ।
मन्दिर तथा सामुदायिक बनक्षेत्र संग सहकार्य गरि करिब पाँच रोपनी जग्गा क्षेत्रफलमा निर्माण हुने धाम नमुना धामको रुपमा बिकास हुने निर्माण समितिको भनाइ छ ।
सतिदेबिको हृदय पतन भएको पबित्र स्थलको रुपमा परिचित उक्त स्थललाइ एउटा धार्मिक स्थलको रुपमा निर्माण गर्न सम्पुर्ण सहयोगीलाई सहयोगका लागि निर्माण समितिले आग्रह गरेको छ ।