सिन्धुली – आउँदै गरेको चैत्र ९ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि जिल्लामै सबैभन्दा बढी बिद्यार्थी मतदाता रहेको सिन्धुली बहुमुखी क्याम्पसमा नेपाल बिद्यार्थी संघले बुधबार दिउँसो उम्मेद्वार मनोनयन दर्ता गरेको छ ।
नेपाल बिद्यार्थी संघको तर्फबाट समीर बिक्रम थापा नेतृत्वको प्यानलले उमेदवार मनोनयन दर्ता गरेको हो । नेबि संघबाट अध्यक्षमा समीर बिक्रम थापा, सचिवमा केशब घिमिरे, कोषाध्यक्षमा सिजन श्रेष्ठले उम्मेदवारी दर्ता गरेका छन ।
त्यस्तै प्रत्यक्षतर्फ सदस्यहरुमा सुशील कोईराला, मेन्सिका थापा, असिम ढकाल, बन्दना कोईराला, बिपना काफ्ले, युबराज थापा र सजना कार्कीले उम्मेदवारी दर्ता गरेका हुन ।
त्यस्तै समानुपातिकतर्फ ओम बिक्रम थापा, प्रमिता प्याकुरेल, कल्याण काफ्ले, सुगम श्रेष्ठ, अनिष अधिकारी, मनिषा अधिकारी, एलिजा बराल र कन्चन जोगि गिरिले उम्मेदवारी दिएका छन ।
जिल्लाको ११ सामुदायिक क्याम्पसमध्ये सिन्धुली बहुमुखी क्याम्पस सबैभन्दा ठूलो क्याम्पस हो । सिन्धुली बहुमुखी क्याम्पसमा १२ सय भन्दा माथी बिद्यार्थी मतदाता रहेका छन ।