सिन्धुली – देशब्यापी रुपमा निर्धारण गरिएको चैत्र ५ गतेको स्वतन्त्र बिद्यार्थी युनियनको निर्वाचन धेरै जसो क्याम्पसहरुमा बिबिध कारणले सम्पन्न हुन सकेको छैन । निर्वाचन समितीको ब्यबस्थापकिय कमजोरीको कारण धेरैजसो क्याम्पसहरुमा स्वबियु निर्वाचन सम्पन्न हुन नसकेको हो ।
सोही अनुसार चैत्र ५ गते निर्धारण गरिएको स्वबियु निर्वाचनमा सिन्धुलीका ११ सामुदायिक क्याम्पसहरु मध्येमा एउटा क्याम्पसमा सर्बसहमतीबाट निर्वाचनको प्रक्रिया पूरा भयो भने जिल्लाका ४ क्याम्पसहरुमा निर्धारित मिति चैत्र ५ गते निर्वाचन सम्पन्न भयो । निर्वाचनको प्रक्रियामा रहेका ४ वटा क्याम्पसमा सौहार्दरुपमा निर्वाचन सम्पन्न भइ स्वबियु नेतृत्व चयन भइसकेको छ ।
निर्वाचनको प्रक्रियामा मनोनयन दर्ता गर्दा जिल्लाका केही क्याम्पसका निर्वाचन अधिकृतले राजिनामा दिने, निर्वाचन प्रकृयामा अबरोध गर्ने जस्ता मनसाय बाहिर आएपछी नेपाल बिद्यार्थी संघले जिल्लाब्यापी रुपमा प्रत्येक क्याम्पसमा पुगि असन्तुष्टि जनायो ।
नेबि संघ सिन्धुलीका सभापती भरत बिकले भने, ‘हामिले त्यो खालको मनसाय निर्वाचन अधिकृतबाट बुझेपछी बिज्ञप्ति मार्फत सबै क्याम्पसमा पुगि जिल्लाका सबै क्याम्पसमा एकै पटक निर्वाचन हुनुपर्छ भनेर दबाब दिएकै हो । सोही अनुसार चैत्र ९ गते बाकी रहेका क्याम्पसमा निर्वाचन गर्ने सहमती भए बमोजिम निर्वाचन हुन लागेको हो तर, अझै केही क्याम्पसहरुमा निर्वाचन हुने नहुने अन्यौल नै छ, अध्यक्ष बिकले भने ।’
अन्यौलाको बिचमै चैत्र ९ गते जिल्लाको सदरमुकाम स्थित तिनवटा क्याम्पस सिन्धुली बहुमुखी क्याम्पस ढुङ्रेबास, शिद्धज्योती शिक्षा क्याम्पस फोस्रेटार र गौमती बहुमुखी क्याम्पस माढिबजारमा भने निर्वाचनको तयारी पूरा भएको छ । मतदान स्थल निर्माण, सुरक्षाको ब्यबस्थापन सबै प्रक्रिया पूरा भएको छ । तिनवटै क्याम्पसमा बिहान ८ बजेबाट मतदान प्रक्रिया शुरु हुने निर्वाचन समितीले जनाएको छ ।
एता मतदान हुने पुर्वसन्ध्यामा भने उम्मेदवार र मतदातामा एउटा रोचक परिदृश्य देखिएको छ । जिल्लाकै बढी १२ सय ६८ मतदाता रहेको सिन्धुली बहुमुखी क्याम्पसमा केन्द्रिय सत्ता समीकरणमा रहेका नेपाली कांग्रेस र नेकपा एमाले निकट भातृ संस्था बाहेक अनेरास्ववियु र अखिल क्रान्तिकारी बीच एलायन्स भइ उम्मेदवार मनोनयन गरिएको छ ।
रोचक त यो छ कि संगठनबाट उम्मेदवारी मनोनयन गर्ने मनसाय राखेर अखिल क्रान्तीकारीबाट मनोनयन दर्ता गरेका बिनोद कार्कीलाई एलायन्सको भावना बिपरित उम्मेद्बारी दर्ता गरेको भन्दै शुक्रबार अखिल क्रान्तीकारीले कार्कीलाई साधारण सदस्य समेत नरहने गरि संगठनबाट निष्कासन गरेको छ ।
कार्कीलाई संगठनबाट निष्कासन गरेसंगै दुई संगठन भित्रको मतदातामा थप अन्यौलता सृजना भएको छ । अखिल क्रान्तिकारी निकट एक मतदाता भन्छन, ‘हामी मतदाता कसैको दास होइन संगठनको माया हुनेले संगठनमा भोट हाल्छौ, ब्यक्तीगत रुपमा मन कोहि परेको छ भने उस्लाइ भोट हाल्छौ ।’ जुन हिसाबले नेतृत्वबाट मतदातालाई लाद्ने काम भएको छ त्यो हामी स्विकार्दैनौ, हामी आफ्नो हिसाबले मतदान गर्छौ ।’
यो संगै संगठन बिच एलायन्समा मतभेद देखिएपछी मतदातामा थप अन्यौल सृजना भएको छ । अखिल क्रान्तीकारीले यो भर्सन फ्लोरमा ल्याइरहदा उता अनेरास्ववियुका उम्मेदवारमा झनै अन्यौलता थपिएको देखिन्छ ।
अनेरास्ववियुबाट अध्यक्ष र अखिल क्रान्तिकारीबाट सचिव लगायत पदमा सिन्धुली बहुमुखी क्याम्पसमा उम्मेदवारी रहेको सयुक्त गठबन्धनमा उम्मेदवार बिचमै तालमेल नमिल्दा मतदातामा थप अन्यौल सृजना भएको हो ।