नेबि संघ सिन्धुलीद्वारा स्वबियुमा निर्वाचितलाई बधाई

सिन्धुली, चैत १० गते । चैत्र ५ र ९ गते सम्पन्न स्वतन्त्र बिद्यार्थी युनियन (स्ववियु) समितिमा सिन्धुलीका विभिन्न क्याम्पसमा नेपाल विद्यार्थी संघबाट निर्वाचित  पदाधिकारी तथा सदस्यहरूलाई बधाई तथा शुभकामना ज्ञापन गरिएको छ । नेबि संघको सिन्धुलीको आयोजनामा निर्वाचित पदाधिकारी तथा सदस्यलाई आइतबार एक कार्यक्रमका बीच बधाई तथा शुभकामना ज्ञापन गरिएको हो ।

नेपाली कांग्रेसकि केन्द्रिय सदस्य तथा पुर्व कृषि राज्यमन्त्री सरिता प्रसाईं, नेपाल तरुण दलका केन्द्रिय अध्यक्ष बिद्वान गुरुङको विशेष उपस्थिती तथा नेपाली कांग्रेस सिन्धुलीका सभापती उपेन्द्र कुमार पोखरेलको प्रमुख आतिथ्यतामा स्ववियुका पदाधिकारी तथा सदस्यलाई सफल कार्यकालको शुभकामनासहित बधाई ज्ञापन गरिएको नेबि संघ सिन्धुलीले जनाएको छ ।

केन्द्रीय सदस्य तथा पुर्व कृषी राज्यमन्त्री प्रसाईंले भोली देशको नेतृत्व गर्न सक्षम निर्वाचित नेतृत्व अहिले स्वबियु जितेर आएकाले संगठन, पार्टी र आफ्नो भिजनलाई स्पष्ट र सन्तुलित तबरबाट देश बिकास र रुपान्तरणमा लाग्नुपर्ने उल्लेख गर्नुभयो ।

नवनिर्वाचितलाई शुभकामना ब्यक्त गर्दै प्रतिकूल अवस्थामा मुलुकको भविष्यका कर्णधारलाई लोकतन्त्र र नागरिक अधिकारको लडाइँमा गोलबद्ध गराउने उद्देश्यले नेविसंघको स्थापना भएको जनाउदै नेपाल तरुणदलका केन्द्रिय अध्यक्ष गुरुङले मुलुकको राजनीतिक, सामाजिक, आर्थिक लगायतका विविध आयममा विद्यार्थी संगठन स्पष्ट र ज्ञानगत हिसाबले भरिपूर्ण हुनुपर्ने बताउनुभयो ।

कार्यक्रमका प्रमुख अतिथी तथा नेपाली कांग्रेस सिन्धुलीका सभापती उपेन्द्र कुमार पोखरेलले निर्वाचित स्वबियु पदाधिकारी तथा सदस्यलाई बधाई ज्ञापन गर्दै नेविसंघ एउटा लडाकु र आन्दोलनकारी शक्तिको रूपमा मात्रै होइन, वैचारिक र अन्वेषक शक्तिका रूपमा समेत स्थापित रहेको बताउनुभयो ।

विद्यार्थी नेता भोलिका राजनीतिक दलका नेता मात्रै नभएर, भोलिका कर्मचारीतन्त्रका सदस्य, सेनाका कमान्डर, प्रहरी सेवाका हस्ती पनि भएकाले समग्र मुलुकको विसंगतिलाई शुद्धीकरण गर्न पनि विद्यार्थी संगठनमा पहिला शुद्धीकरण गरेर उनीहरूलाई समाजमा नमुना व्यक्तिको रूपमा विकास गर्नुपर्ने धारणा ब्यक्त गर्नुभयो ।

निर्वाचितले आफ्नो पार्टी र संगठनको मूल्य र मान्यतालाई आत्मसाथ गरि बिद्यार्थीको हकहितका लागी काम गर्न र त्यसको लागी पार्टीले जस्तोसुकै सहयोग गर्न तयार रहेको बताउनुभयो । त्यसको लागी सम्पुर्ण बिद्यार्थी नेता कार्यकर्तालाई एकजुट भइ बिद्यार्थीको सर्वाङ्गिण बिकासका लागी काम गर्न निर्देश गर्नुभयो ।

हालै सम्पन्न भएको चैत्र ५ र ९ गतेको स्वबियु निर्वाचनमा नेपाल बिद्यार्थी संघबाट जिल्लाको शिद्धज्योती शिक्षा क्याम्पस फोस्रेटारमा अनेरास्ववियु र अखिल क्रान्तीकारीको सयुक्त प्यानललाई पराजित गर्दै नेबि संघबाट मिलन भुजेलको नेतृत्वमा रहेको प्यानल बिजयी भएको छ ।

त्यस्तै गौमती बहुमुखी क्याम्पसमा अनेरास्ववियु र अखिल क्रान्तीकारीको सयुक्त प्यानललाई पराजित गर्दै नेबि संघबाट बिकास तामाङ नेतृत्वको प्यानल बिजयी भएको छ भने लाम्पान्टार बहुमुखी क्यापसमा नेबि संघबाट सन्तोश श्रेष्ठको नेतृत्वमा स्वबियु समिती निर्वाचित भएको छ ।

प्रकाशित मिति : ९ चैत्र २०८१, आईतवार १२:४६

प्रतिक्रिया दिनुहोस्