१७ चैत्र, सिन्धुली । कमलामाइ नगरपालिका–६ रातमाटामा आइतबार बिहान झापाबाट काठमाडौ जाँदै गरेको प्र १.०१.००१ च ८८२१ नम्बरको गाडिले एक साइकलयात्रीलाई ठक्कर दिँदा साइकल यात्रीको उपचारको क्रममा मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका कमलामाइ नगरपालिका -१२ बस्ने बर्ष ३५/३६ का शेरबहादुर खपाङ्गीको जिल्ला अस्पताल सिन्धुलीमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी प्रमुख गोबिन्दराज काफ्लेले जानकारी दिए । मृतक खपाङ्गी कमलामाइ नगरपालिकाको सरसफाइ गर्ने कर्मचारी हुन ।
प्रहरीले दुर्घटना गराउने सवारी साधन र चालक झापाको दमक नगरपालिका -१२ बस्ने बर्ष ३१ का हेमराज थापालाई पक्राउ गरी प्रहरी नियन्त्रणमा राखेर थप अनुसन्धान सुरु गरेको प्रहरी प्रमुख काफ्लेले जानकारी दिए ।