सिन्धुली । शेरबहादुर गुरुङ कमलामाई नगरपालिका -१२ बेलबोटेका स्थानिय हुन । गुरुङको सन्तानमा एक छोरा थिए तर उनको असामयिक निधनपछी अहिले बुहारी मात्रै छिन उनको परिवारमा ।
गुरुङको कमलामाइ नगरपालिका -६ शान्तिनगरमा चारतले सुबिधासम्पन्न आवास गृह छ । गुरुङ भुतपुर्व ब्रीटिश लाहुरे समेत हुन । उनको परिवार सम्पन्न पारिवारिक पृष्ठभुमिमा गुज्रिरहेको छ ।
यसैबिच यता कमलामाइ नगरपालिकाले नगरभित्रका खरका छाना हटाउन जस्तापाता अनुदान दिने कार्यलाई सुरु गरेको छ । जसका कारण कमलामाई नगरपालिकाका १४ वटै वडामा यो आर्थिक बर्षभित्रमा घरमा पराल तथा खरका छाना हटाइने अभियानको शुरुवाती हो ।
नगरपालिकाले वडा वडाबाट खरका छाना भएका घरहरुको तथ्यांक संकलन गरि जस्तापाता उपलब्ध गराउने प्रक्रिया शुरु गरेको हो । यो अभियान नगरपालिकाको वडा नंं ७,९ र १२ बाट शुरु गरिएको छ । यी तिन वटा वडाका ६३ परिवारले जस्तापाता बुझेकाछन । नगरपालिकाले ९३ लाखमा जस्ता पाता खरिद गरेको र २ सय ३७ परिवारलाई जस्तापाता वितरण गर्ने भनिएको छ ।
नगरपालिकाले खरका छाना भएका परिवारलाई बाँड्नका लागि ६ फिटको जस्तापाता ६ दशमलब ७५ बण्डल, ८ फिटको जस्ता १४० दशमलब २२ बन्डल, ९ फिटको जस्तापाता ३ सय ५५ बन्डल र १० फिटको जस्तापाता १ सय ६७ बण्डल खरिद गरेको छ ।
यस्तै नगरपालिकाले धुरी जस्तापाता ८ सय ८ वटा खरिद गरेको छ । नगरपालिकाले वडाको सिफारिसमा उपलब्ध नामावलिको आधारमा जस्ता बितरण गराइरहेको छ । यहाँ कहिँकतै वास्तविक पराल तथा खरको छाना भएका परिवारको पहिचान गरिएको छैन ।
प्रभाबित परिवार त छुटे नै शान्तीनगरचौकमा चारतले सुबिधासम्पन्न आवासगृह भएका भुतपुर्व ब्रीटिस लाहुरे गुरुङ्गकि बुहारिले समेत नगरपालिकाले बितरण गरेको जस्ता बुझिन । स्थानिय भन्छन यो जस्तो हास्यास्पद कुरा अरु के हुन सक्छ ? के नगरपालिकाले सिफारिस भएर आएका प्रभावित घरको पहिचान गरि जस्ता बितरण गर्नुपर्ने थियो हैन र ? स्थानिय भन्छन ।”