सिन्धुली – नेपाली नारिहरुको महान पर्व हरितालिका तिजलाई लक्षित गर्दै पछिल्लो समय नेपाली सांगीतिक बजारमा धमाधम तिज गितहरु आउने क्रम बढेको छ ।
पछिल्लो समय नेपाली नारिहरुको पिर, ब्यथा, बेदनालाई समेटेर भन्दा पनि तडकभडकका तिज गितहरुले बजार तताउने गरेको भएपनी नेपाली नारीहरुको कथा, ब्यथा र मर्मलाई समेटेएर युवा नेतृ ईन्दिरा निरौलाको तिज गीत “ए आमा म जिउदै मरे” सार्वजनिक भएको छ ।
हिन्दु नारीहरुको महान पर्व हरितालिका तीजलाई लक्षित गर्दै माईत जान नपाएको, माईतीको आगनी नै प्यारो हुन्छ भन्ने कुरा यस गीतमा समेटिएको छ ।
गीतको भिडियोमा पुरुषबाट बलात्कृत भएपछि नारी बिछिप्त भएर आन्दोलित भई अदालतसम्म न्यायको भिग माग्न पुगेको भाब देख्न सकिन्छ । “ए आमा म जिउदै मरे” नामक गीतमा समिक्षा अधिकारीको स्वर रहेको छ भने युवा नेतृ ईन्दिरा निरौलाको शब्द, बिमलराज क्षेत्रीको संगीत, रमेश सेञ्चुरीको संगीत तथा कुमार रानाको मिक्सिङ रहेको छ ।
गीतको भिडियोमा प्रकाश भट्टको कथा, निर्देशन रहेको छ भने करण चैशिरको छायांकन, मनोज कार्कीको सम्पादन रहेको छ । उक्त गीतको भिडियोमा जुना एस.डी. लगायत अन्य कलाकारहरुको अभिनय रहेको छ भने यस गीतलाई बिमलराज क्षेत्रीको युटुब च्यानलबाट सार्वजनिक गरिएको छ । https://youtu.be/qEVdzWtMm-Y?si=taiUlNHteD06a7F7









