यातायात व्यवसायी राष्ट्रिय महासंघ सिन्धुली अध्यक्षमा पुनः पहाडी

सिन्धुली – यातायात व्यवसायीहरुको छाता सङ्गठन नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ जिल्ला समन्वय समिती सिन्धुलीको सातौं बार्षिक साधारण सभा तथा जिल्ला अधिबेशन बिहिबार सिन्धुलीमाढीमा सम्पन्न भएको छ ।

महासङ्घका जिल्ला संयोजक बद्रीप्रसाद पहाडिको अध्यक्षता तथा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका केन्द्रिय अध्यक्ष बिजय बहादुर स्वारको प्रमुख आतिथ्यतामा अधिबेशन सम्पन्न भएको हो ।

सम्पन्न अधिबेशनले पुनः प्रदिप प्रसाद पहाडिको संयोजकत्वमा एघार सदस्यीय नयाँ कार्यसमिती सर्बसम्मत चयन गरेको छ । नव निर्वाचित कार्यसमितीको सचिवमा खगेन्द्र कुवर, कोषाध्यक्षमा हरिकृष्ण बुढाथोकी चयन भएका छन ।

त्यस्तै कार्यसमितीको सदस्यहरुमा सरिता सुनुवार, टंकबहादुर खत्री, मधुबहादुर गोले, सन्त पुलामी मगर, कमल खत्री, ढालबहादुर खड्का, सन्तोश आछामी र दुर्गाबहादुर बल तामाङ चयन भएका हुन ।

महासङ्घका केन्द्रिय अध्यक्ष बिजय बहादुर स्वारले अधिबेशनमा सम्बोधन गर्दै यातायात व्यवस्था विभागले  आगामी १ असोजदेखि अनिवार्य रूपमा इम्बोस्ड नम्बर प्लेट जडान गर्न भनेको कार्य बैज्ञानिक नभएको उल्लेख गर्नुभयो । सरकारलाई महासङ्घले यो बारे लिखित सुझाब दिएको जनाउदै अध्यक्ष स्वारले अहिले जतिपनी इम्बोस्ड नम्बर प्लेट राखेर राज्यलाई कर बुझाउने कार्य भइरहेको छ त्यो पुरानै नम्बरबाट पनि हुने गरेको भएकोले उक्त कार्य बैज्ञानिक नभएको जिकिर गर्नुभयो ।

इम्बोस्ड नम्बर प्लेट अनिबार्य गर्ने हो भने राजमार्गका मुख्यद्वारहरुमा रेडिओ फ्रीक्वन्सी ‘आइडेन्टीफिकेशन (आरएफआईडी) पहिला जडान हुनुपर्ने त्यसपछी मात्रै अनिबार्य गरिनुपर्ने अध्यक्ष स्वारको यातायात व्यवस्था विभागलाई सुझाब छ ।

त्यस्तै अधिबेशनका नवनिर्वाचित पदाधिकारी तथा कार्यसमितीलाई बधाई दिनुहुदै नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका बरिस्ठ उपाध्यक्ष पुण्य प्रसाद सिटौलाले यातायात व्यवसायी राष्ट्रिय महासङ्घ एकताको महाअभियानमा रहेको बताउनुभयो ।

महासङ्घको नितिगत सुधार, सडक दुर्घटना बिमा लगायतका सवालमा महासङ्गले हाल गम्भीर भएर काम गरिरहेको उहाँले बताउनु भयो ।

अधिबेशनमा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ बागमती प्रदेश संयोजक सुमन गिरि लगायतले मन्तब्य राख्नुभएको थियो भने कार्यक्रमको स्वागत मन्तब्य नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका केन्द्रिय सल्लाहकार तथा बिपि यातायात सेवा समिती सिन्धुलीका अध्यक्ष कान्छामान बलले गर्नुभएको थियो ।

प्रकाशित मिति : ५ भाद्र २०८२, बिहीबार १५:०३

प्रतिक्रिया दिनुहोस्