सिन्धुलीको लोकतान्त्रिक चौकमा पनि जेनजी (सन् १९९७ देखि २०१२ भित्र जन्मिएका) पुस्ताले आज प्रदर्शन गरेका छन् ।
सरकारले सामाजिक सञ्जाल बन्द गरेको र भ्रष्टाचार बढेको भन्दै जेनजीले प्रदर्शन गरेका हुन् ।
प्रदर्शनमा सहभागीहरुले जिल्लाको लोकतान्त्रिक चौकबाट दुई नम्बर बजार हुँदै जिल्ला प्रशासन कार्यालय अघिसम्म र्यालि आयोजना गरि पुनः लोकतान्त्रिक चौकमा पुगेर कोणसभा गरेको थियो ।
तस्बिरहरू:













