घटस्थापना: रक्तमाला मन्दिरमा कलश स्थापना र जमरा रोपण

सिन्धुली – हिन्दूहरूको महान् पर्व बडादसैँ आज घटस्थापनासँगै सुरु भएको छ । आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म १५ दिन मनाइने यस पर्वको प्रारम्भ आज बिहान ९:१३ बजे घटस्थापनाको साइतमा कलश स्थापना र जमरा रोपण गरि घटस्थापना पर्व शुरु हुने गर्दछ ।

नवरात्रभर दुर्गाका नौ रूप (नवदुर्गा) को पूजा आराधना गरिने परम्परा छ । हरेक बर्ष कमलामाई नगरपालिका -४ ढकालगाउँमा रहेको रक्तमाला मन्दिरमा फुलपाती बढ़ाई कार्यक्रम गर्ने गरिएको छ ।

फुलपाती बढ़ाईका लागी आज बढादशैको पहिलो दिन घटस्थापनामा जमरा रोपणका लागी मन्दिर सरसफाइ तथा घटस्थापनाको साइतमा कलश स्थापना र जमरा रोपण कार्य भइरहेको रक्तमाला व्यवस्थापन समितिका अध्यक्ष तथा कमलामाई नगरपालिका वडा नम्बर -४ का वडा अध्यक्ष महेन्द्र प्रसाद ढकालले बताउनुभयो ।

प्रत्येक घरमा विधिवत रुपमा जमरा राख्न नसकिने हुनाले बौधिक विधि अनुसार सामुहिक रुपमा यस रक्तमाला मन्दिरमा जमरा राख्ने गरिएको जनाउदै अध्यक्ष ढकालले फुलपाति बडाइ कार्यक्रमको तयारी भइरहेको बताउनुभयो ।घटस्थापनाका लागी मन्दिर प्रवेश गर्ने द्वारका साथै मन्दिर क्षेत्र सरसफाइ गर्ने काम भइरहेको छ, उहाँले भन्नुभयो ।

हरेक बर्षको परम्परालाई अक्षुण्ण राख्ने हेतुले नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र भक्तजनको उल्लासमय उपस्थितिमा फुलापती परिक्रमा गरि भव्य समारोह बिच सलामी दिनुका साथै साँस्कृतिक कार्यक्रम सहित यस बर्षको फुलपाती बढाइ कार्यक्रम हुने उहाँको भनाइ छ ।

यस वर्ष विजया दशमी असोज १६ गते परेको छ। टीकाको साइत बिहान ११:५३ बजे र देवी विसर्जन ९:२३ बजे निर्धारण गरिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

प्रकाशित मिति : ६ आश्विन २०८२, सोमबार ०४:२५

प्रतिक्रिया दिनुहोस्