कोरोना कहर: कार्यालय बन्द गराएर कार्यक्रममा ब्यस्त

सिन्धुली । सिन्धुलीको कमलामाइ नगरक्षेत्र तथा जिल्लाको स्थानिय तहमा कोरोना सङ्क्रमणको जोखिम दिनप्रतिदिन बढेपछी कमलामाइ नगरपालिकाको अति आबस्यकिय बाकेकको सेवा कार्तिक ३ गते सम्मको लागि बन्द भयो ।

नगरपालिकाको असोज २४ गते बसेको कार्यपालिका बैठकले असोज २५ बाट नगरपालिकाको मातहत शाखाबाट प्रवाह हुने अति आबस्यकिय दमकल, फोहोर ब्यबस्थापन, औंषधी तथा नगर प्रहरीको सेवा बाहेक दैनिक संचालन हुने सेवा कार्तिक ३ सम्मलाइ बन्द गर्ने निर्णय गरेको हो ।

यतिमात्रै होइन प्रमुख जिल्ला अधिकारी योगेन्द्र प्रशाद पाण्डेको रोहबरमा प्रदेशसभा सदस्य, नगरप्रमुख, स्थानियतहका प्रमुख तथा प्रतिनिधी र सरोकार निकायको उपस्थितिमा असोज २१ गते सर्वपक्षीय बैठक बसि संक्रमणको उच्च जोखिम कायमै रहेको हुँदा जिल्लाभर कुनैपनी सार्वजनिक कार्यक्रमलाई स्थगित गर्ने निर्णय गरिएको छ ।

नगरपालिकामा कार्यरत केही कर्मचारी तथा अन्य ब्यक्तिमा कोरोना संक्रमण पुष्टि भएपछी नगरपालिकाले यो निर्णय गरेको हो । तर, नगरपालिकाका नगरप्रमुख तथा केही कर्मचारीलाई भने अहिले नजिकिदै गरेको दशै, तिहार तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रममा सहभागी हुन भ्याइनभ्याई नै छ ।

सोमबार नेपाल कम्युनिस्ट पार्टी क.न.पा -७ वडा कमिटिले नगरपालिकाको रामपुरमा दशै, तिहार तथा छठको शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गर्‍यो । उक्त शुभकामना आदानप्रदानमा नगरपलिकाका नगरप्रमुख, प्रदेशसभा सदस्य प्रदिप कटुवाल, बिनोदकुमार खड्का लगायतको उपस्थिती थियो ।

शुभकामना आदानप्रदानमा कमलामाइ नगरपालिकाका नगरप्रमुख खड्ग खत्रीले नगरपालिकाको कार्यालयमा कार्यरत कर्मचारिमा कोरोना संक्रमण देखिएकोले नगरपालिकाले सुचना निकालेर कार्यालय असोज ३ सम्मलाइ अति आबस्यकिय सेवाबाहेकको सबै सेवा बन्द गरिएको बताए ।

कार्यक्रमका विशेष अतिथी प्रदेशसभा सदस्य प्रदिप कटुवालले जिल्लामा कोरोना संक्रमणदर बढ्दै गएकोले भिडभाड नगर्न र सुरक्षित भइ जहाँ जहाँ हामिहरु अहिले छौ त्यही बसेर दशैतिहार मनाउन सुझाब समेत दिए ।

त्यस्तै अर्का प्रदेश सभाषद खड्काले शुभकामना आदानप्रदानको नाममा गएको बर्षमा विभिन्न कार्यक्रम हुनेगरेको भएपनी यो पटक कोरोनाको महामारिलाइ ख्याल गरेर भिडभाड नगरी माक्स तथा सेनिटाइजरको उचित प्रयोग गरि पर्वलाइ मनाउनु पर्नेमा जोड दिए ।

प्रकाशित मिति : २७ आश्विन २०७७, मंगलवार १२:२४

प्रतिक्रिया दिनुहोस्