पौडी खेल्ने क्रममा फिक्कलका १७ बर्षिय ढकालको मृत्यु

सिन्धुली – फिक्कल गाउँपालिका–४ खाङ्साङबेशीस्थित सुनकोशी नदि छेउको दहमामा डुबेर शुक्रबार मध्यान्ह एकजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा फिक्कल गाउँपालिका–४ खाङ्साङका अन्दाजी १७ वर्षीय शिखर ढकाल रहेको प्रहरीले जनाएको छ ।

ढकाल खाङसाङबेसी स्थित सुनकोशी नदीको किनारमा रहेको दहमा पौडी खल्ने क्रममा डुबी बेपत्ता भएका थिए । बेपत्ता भएका ढकालको गोताखोर टोलिले सोही दहमा सब फेला पारेको हो ।

प्रकाशित मिति : २४ आश्विन २०८२, शुक्रबार १३:१९

प्रतिक्रिया दिनुहोस्