आजबाट बाहिरियो मनसुन

आजबाट यस वर्षको मनसुन नेपालको सम्पूर्ण भू-भागबाट बाहिरिएको छ ।

२० असोजबाट सुदूरपश्चिम, कर्णाली प्रदेशलगायत लुम्बिनी प्रदेशको पश्चिमी भू-भागको धेरै स्थानहरू र गण्डकी प्रदेशको पश्चिमी भू-भागको थोरै स्थानहरूबाट यस वर्ष मनसुन बाहिरिन सुरु भएको थियो ।

नेपालमा मनसुन बाहिरिने सरदर मिति २ अक्टोबर भएता पनि यस वर्ष मनसुन ८ दिन ढिलो गरी बाहिरिएको छ ।

नेपालबाटै मनसुन बाहिरिए पनि स्थानीय वायु तथा पश्चिमी वायुको प्रभाव रहनसक्ने भएकाले पछिल्लो मौसमी सूचनाको जानकारी लिन सर्वसाधारण तथा सबै सरोकारवाला निकायहरूमा जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : २४ आश्विन २०८२, शुक्रबार १३:२७

प्रतिक्रिया दिनुहोस्