सुशिला बम्जन हत्या प्रकरण: सासू र नन्द पक्राउ, स्थानिय आन्दोलित

सिन्धुली – पेट्रोल छर्केर आगो लगाइ बुहारीको हत्या गरेको अभियोगमा सासु र नन्द पक्राउ परेका छन् । 

जिल्ला प्रहरी कार्यालय सिन्धुलीले कमलामाई नगरपालिका–४ धुराफाँटकी ३२ वर्षीया सुशीला बम्जनको हत्या गरेको अभियोगमा ५९ वर्षीया सासु मायारानी बम्जन र ३५ वर्षीया नन्द मीना लामालाई पक्राउ गरेको हो ।

अभियुक्तद्वयले गत आइतबार बुहारी सुशीला बम्जनको शरीरमा पेट्रोल छर्केर आगो लगाएका थिए । मृतकका श्रीमान् विगत दुई वर्षदेखि वैदेशिक रोजगारीमा छन् । घटनास्थलबाट जलेको शव प्रहरीले बरामद गरेको छ भने मृतकका ससुरा दुर्गामान बम्जन घाइते भएका छन । 

उनलाई उपचारार्थ काठमाडौँ पठाइएको छ । अभियुक्तलाई जिल्ला अदालतबाट म्याद थप लिएर थुनामा राखिएको छ । घटनाको निष्पक्ष छानबिन तथा दोषीमाथि कडा कारबाहीको माग गर्दै स्थानीयले जिल्ला प्रहरी कार्यालय सिन्धुली घेराउ गरि बिरोध जनाइरहेका छन् । 

प्रकाशित मिति : ९ पुष २०८२, बुधबार ०३:२४

प्रतिक्रिया दिनुहोस्