सिन्धुलीको घ्याङ्लेखमा गोली लागेको अबस्थामा मृत भेटीए युवक

सिन्धुली – सिन्धुलीमा गोली लागेको अवस्थामा एक जना युवक मृत भेटिएका छन् । गएराति घ्याङलेख गाउँपालिका-१ पिउरीखोला जंगलमा २२ वर्षीय आशमान तामाङ मृत फेला परेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी लालध्वज सुवेदीले जानकारी दिए ।

उनका अनुसार मृतकलाई गोली लागेको छ । मृतकको पेटमा चोट लागेको र घटनास्थलमा बन्दुक पनि फेला परेको छ । ‘घटना कसरी भयो भन्ने यकिन भएको छैन ।

आफै पड्किएको हो वा कसैले हानेको हो भन्ने फरेन्सिक र पोष्टमार्टम रिपोर्ट आएपछि थाहा हुन्छ,’ एसपी सुवेदीले भने । शव पोष्टमर्टमका लागि जिल्ला अस्पताल सिन्धुली ल्याइएको छ । 

प्रकाशित मिति : १६ पुष २०८२, बुधबार ०६:१८

प्रतिक्रिया दिनुहोस्