सिन्धुलीका दुईवटै क्षेत्रमा नेपाली कांग्रेसले टुंग्यायो उम्मेदवार

सिन्धुली – फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेसले सिन्धुलीको क्षेत्र नं १ र २ मा उम्मेद्वार टुंग्याएको छ ।

क्षेत्र नं १ मा विशेष महाधिवेशनबाट केन्द्रिय सदस्य बन्नुभएका उज्ज्वल प्रसाद बराललाई उम्मेदवार बनाएको छ भने २ मा २०७९ मा कांग्रेसको समानुपातिक सुचिबाट संसद तथा सचेतक बन्नुभएकी सुशीला थिङ्गलाई उम्मेदवार बनाएको छ ।

सिन्धुली क्षेत्र नं १ बाट नेपाली कम्युनिष्ट पार्टीले डेकेन्द्र सुबेदीलाई उम्मेदवार बनाएको छ भने एमालेले प्रदिप कटुवाललाई उम्मेदवार बनाएको छ ।

त्यस्तै क्षेत्र नं २ मा नेकपा (एमाले) बाट मनोजजंग थापा लाई उम्मेदवार बनाइएको छ भने, नेपाली कम्युनिष्ट पार्टीबाट तत्कालिन नेकपा माओवादी केन्द्रबाट प्रतिनिधी सभा सदस्य लेखनाथ दाहाल ‘राजन’ उम्मेदवार बनेका छन् ।

यो दुबै निर्वाचन क्षेत्रमा आ-आफ्नो पकड मान्दै आएका खासगरी तीन मुख्य राजनैतिक दलको आगामी फागुण २१ गते सम्पन्न हुने प्रतिनिधी सभाको निर्वाचन अत्यन्त रोचक तथा प्रतिस्पर्धात्मक हुने आकलन गरिएको छ ।

प्रकाशित मिति : ६ माघ २०८२, सोमबार २१:०२

प्रतिक्रिया दिनुहोस्