गलत गरेको प्रमाणित होस फाँसीको सजाय भोग्न तयार छु

सिन्धुली – कमलालाई नगरपालिकाका मेयर उपेन्द्र कुमार पोखरेलले पुरानो सभागृहको काठ अनियमितता गरेको भन्दै विभिन्न सामाजिक संजालमा फैलाएको आरोप झुटो अफवाफ र निर्वाचनलाई लक्षित गरेर फैलाइएको भ्रामक प्रचार भएको जिकिर गरेका छन ।

सोमबार पत्रकार सम्मेलन मार्फत पोखरेलले उक्त आरोप सहि ठहरिए र आफुले कुनै गलत गरेको भए नेपालको कानुन परिबर्तन गरेर फाँसीको सजाय आफुले भोग्नुपरे पनि तयार रहेको बताए ।

यदि मैले कुनै गलत काम गरेको भए, म सजाय भोग्न तयार छु । उनले भने, ‘कानुनअनुसार जुनसुकै कारबाही भोग्नुपर्छ भने म त्यसका लागि तयार छु, तर मैले नगरेको कामलाई लिएर मेरो चरित्र हत्या गर्ने, ब्यक्तीगत जिबनमा असर पर्ने गरि झुटा आरोप लगाइने काम विभिन्न सञ्चार माध्यम तथा सामाजिक संजालबाट भएकोले उक्त गलत कार्य बन्द गर्न आग्रह गर्नुभयो ।

उनले आफू नगरप्रमुखमा निर्वाचित हुनु अगावै उक्त सभागृह भत्काएर नगरपालिकाको पछाडी राखिएको र अहिलेपनी केही काठ सढेगलेको अबस्थामा रहेको बताए । अहिले विभिन्न सामाजिक संजालमा उक्त काठ मेयरले नै लगेर घोटला गरि घर बनाएको भन्ने जस्तो भाष्य सृजना हुनेगरी गलत अफवाह फैलाएको देख्दा दु:ख लागेको उनको जिकिर छ ।

उनले आफ्नो कार्यकालमा न त यस्तो गलत काम भएको हो, न त्यस्ता गलतबाट एक सुको आम्दानी लिएको छु, न कसैलाई दिएको छु । उनले भने, ‘यदि मैले त्यस्तो गलत गरेको कुनै काम रहेछ भने त्यसलाई प्रमाणसहित प्रस्तुत गरियोस् । सम्पूर्ण पत्रकारहरूलाई जिम्मेवार रूपमा सत्य कुरा आम सर्वसाधारणसम्म पुर्‍याइदिन अनुरोध गर्दै पोखरेलले यस्ता भ्रम र अपवाहको पछि नलाग्न नगरवासीलाई अनुरोध गरे ।

प्रकाशित मिति : २८ माघ २०८२, मंगलवार २३:३९

प्रतिक्रिया दिनुहोस्