कार्यसम्पादन मुल्यांकनमा सिन्धुलीको कमलामाई पहिलो

सिन्धुली – राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको स्थानीय तहको कार्यसम्पादन मूल्याकंनमा सिन्धुलीका ९ पालिकामध्ये कमलामाई नगरपालिका ७१ दशमलव ३४ अंक सहित जिल्लामा पहिलो स्थानमा रहेको छ भने ५१ दशमलव ७५ अंकसहित मरिण गाउँपालिका अन्तिम स्थानमा रहेको छ ।

आयोगले प्रकाशन गरेको कार्यसम्पादन मूल्यांकन नतिजा अनुसार फिक्कल गाउँपालिका दोस्रो स्थानमा रहेको छ । उक्त गाउँपालिकाले ६९ दशमलव ६२ अंक पाएको छ । तेस्रो स्थानमा रहेको दुधौली नगरपालिकाले ६४ दशमलव ५४ अंक पाएको छ ।

त्यस्तै घ्याङलेक गाउँपालिकाले ६४ दशमलव २१, तिनपाटन गाउँपालिकाले ५७ दशमलव ८०, सुनकोशी गाउँपालिकाले ५७ दशमलव ८१, गोलन्जोर गाउँपालिकाले ५५ दशमलव १६ र  हरिहरपुरगढी गाउँपालिकाले ५४ दशमलव ७७ अंक पाएको छ ।

प्रकाशित मिति : १ फाल्गुन २०८२, शुक्रबार १२:२२

प्रतिक्रिया दिनुहोस्