टाटासुमोको ठक्करबाट गोलन्जोरमा आठ बर्षिया बालकको मृत्यु

सिन्धुली – सिन्धुलीको गोलन्जोर -३ लमसोती ग्वाल्टारमा टाटासुमोको ठक्करबाट एक बालकको मृत्यु भएको छ । मध्यपहाडी लोकमार्ग अन्तर्गत ग्वाल्टार लमसोतीमा सुमोको ठक्करबाट स्थानीय ८ वर्षीय अभिक बयलकोटीको घटनास्थलमै मृत्यु भएको हो ।

मृतक बालकलाई ना १ ज ४६२३ नम्बरको टाटासुमोले ठक्कर दिएको थियो । बालक बयलकोटीलाई ठक्कर दिने सवारी चालक र सुमोलाई प्रहरिले नियन्त्रणमा लिएको छ ।

शिवरात्री मनाउने क्रममा मृतक बालकले डोरी टाँगेर सहयोग माग्ने क्रममा बयलकोटीलाई सुमोले ठक्कर दिदा उनको घटनास्थलमै मृत्यु भएको हो । स्थानियले मृतक बालकको शव नउठाएर मध्यपहाडी लोकमार्ग बन्द गराएका छन ।

प्रकाशित मिति : ३ फाल्गुन २०८२, आईतवार ०९:३२

प्रतिक्रिया दिनुहोस्