गोलन्जोर गाउँपालिकाले कोरोना परिक्षण र उपचार नि:शुल्क गर्ने

सिन्धुली । सिन्धुलीको गोलन्जोर गाउँपालिकाले आफ्ना पालिकाबासी नागरिकको कोरोना परिक्षण र उपचार निशुल्क गर्ने भएको छ ।

सरकारले आइतबारबाट लागुु हुने गरी कोरोनाका बिरामीहरुको उपचार स्वयंम व्यक्तिले गर्नुपर्ने निणर्य गरेसँगै जिल्लाको गोलन्जोर गाउँपालिकाले भने आफ्ना नागरिकको कोरोना परिक्षण र उपचार निशुल्क गर्ने निर्णय गरेको गाउँपालिका अध्यक्ष पुष्पबहादुर कार्किले जानकारी दिए ।

गोलन्जोर गाउँपालिकामा ६ जना कोरोना संक्रमीत भएपनी अहिले सबैको पिसिआर रिपोर्ट नेगेटिभ आएको र गाउँपालिका कोरोना सङ्क्रमण मुक्त रहेको गाउँपालिकाले जनाएको छ ।

स्वास्थ्य अबस्था असामान्य भएकाहरु मध्यमा आएको पोजेटिभ रिपोर्ट अहिले नेगेटिभ आएकोले गाउँपालिका कोरोनामुक्त बनेको अध्यक्ष कार्किले बताए । कोरोनाको लक्षण देखिएका आफ्ना नागरिकको पिसीआर परिक्षण गर्नुका साथै संक्रमण पुष्टि भएका नागरिकको सम्पुर्ण उपचार खर्च गाउँपालिकाले व्यहोर्ने छ पालिकाका प्रबक्ता दौलत कार्किले भने ।

गाउँपालिकाले नागरिकको उपचारको लागि विपद् व्यवस्थापन कोषको रकम प्रयोग गर्ने जनाएको छ । महामारीका बेला नागरिकको उपचार गर्ने दायित्व स्थानीय सरकारको रहेको स्मरण गराउँदै गाउँपालिकाले नागरिकप्रति जिम्मेवार बन्दै कोरोना परिक्षण र उपचार निशुल्क गर्ने निर्णय गरेको हो ।

संवेदनशील अवस्थामा सरकारले निरन्तर स्वास्थ्यको नाममा व्यापार गरिरहेको छ । सरकारको व्यापार नीतिको सरकारी, सामुदायिक र निजी अस्पतालले भरपूर लाभ उठाएका छन् ।

३ कात्तिकमा काभ्रेको धुलिखेल अस्पतालले सामान्य बिरामीका लागि ५० हजार, मध्यम जटिल बिरामीका लागि १ लाख र जटिल बिरामीका लागि २ लाख रुपैयाँ धरौटी नभए भर्ना नै नगर्ने सूचना जारी गर्‍यो ।

कस्ता-कस्ता बिरामीलाई सामान्य, मध्यम वा जटिल भनिने हो खुलाइएको छैन । ५० हजार बोकेको बिरामीसँग १ लाख रुपैयाँ धुत्न पर्‍यो भने मध्यम भनिदिए यहाँ कसैले अनुगमन गर्ने हो ?

महामारीको बेला सङ्क्रमित भएको बिरामीलाई नाङ्गेझार पार्ने नीति सरकारले लिएको छ । २ कात्तिकमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले कोरोना संङक्रमितले आफैँ उपचार गर्ने रुलिङ गरे ।

३ कात्तिकमा सरकारी तथा सामुदायिक अस्पतालले ‘५० हजार नबोकेको सङक्रमित अस्पतालले भित्र नछिर्लास्’ शैलीमा वक्तव्य निकाले ।

४ कात्तिकमा जनताको भावना र निजीक्षेत्रको चाहनाअनुसार नै कोरोनाको बिरामीलाई सशुल्क उपचार गर्ने निर्णय गरिएको स्वास्थ्य मन्त्री बताउँछन् ।

गाउँपालिका अध्यक्ष कार्किले नेपालिको महान पर्व बिजयादशमिको गोलन्जोरबासी तथा समस्त नेपालिलाइ शुभकामना ब्यक्त गर्दै महामारिलाइ आत्मसाथ गरेर भिडभाड नगरी आफ्नो गक्ष अनुसार घरमै बसेर दशै मनाउन र कुनै कोरोनाको संक्रमण देखिएमा नजिकको स्वास्थ्य केन्द्रमा गइ उपचार गराउन अनुरोध गरे ।

प्रकाशित मिति : ५ कार्तिक २०७७, बुधबार १६:४५

प्रतिक्रिया दिनुहोस्