गोलन्जोरमा कोभिड अस्पताल, कोरोना संक्रमितको नि:शुल्क उपचार

सिन्धुली । सिन्धुलिको गोलन्जोर गाउँपालिकामा कोभिड-१९ अस्थायी अस्पताल सोमबारबाट सञ्चालनमा आएको छ । नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा जारी स्थानिय तहमा कोभिड -१९ अस्थायी अस्पताल संचालन मार्गदर्शन -२०७७ बमोजिम अस्पताल शुरु भएको हो ।

परिपत्र अनुसार गाउँ कार्यपालिकाले ग्वाल्टार स्वास्थ्य चौकीलाई पाँच बेडको अस्थायी कोभिड -१९ अस्पतालको रुपमा बिस्तार गर्ने भनी गएको असोज १ गते निर्णय गरेको थियो ।

दक्ष स्वास्थ्यकर्मी बाट सेवा प्रवाह गर्ने लक्ष राखेको अस्पतालले सोमबारबाटै नागरिकलाइ सेवा प्रवाह शुरु गरेको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत अर्जुन दर्जिले बताए ।

अस्थायी अस्पतालमा सेवा लिन आउने कोभिड -१९ का संक्रमीत बिरामिलाइ गाउँपालिकाले सबै उपचार खर्च निशुल्क गर्ने जनाएको छ भने अन्य बिरामिको हकमा ल्याब तथा औषधिको सरकारी दररेटमा उपचार हुनेछ ।

अस्थायी अस्पताल संचालन सङ्गै गाउँपालिका अध्यक्ष पुष्पबहादुर कार्किले कोभिड-१९ को महामारीविरुद्ध जुध्‍न स्थानिय सरकारले भरपर्दो तयारी गरिरहेकोले विचलित नहुन गाउँपालिकाबासिलाइ आग्रह गरे ।

संक्रमण देखिएको क्षेत्रमा परीक्षणलाई तीब्र बनाइएको, बिरामीहरूको उपचारमा संवेदनशील रहेको भन्दै लकडाउनको पूर्ण पालना गर्न र सरकारका निर्णय र निर्देशनलाई पालना गर्न कार्कीले अनुरोध गरेका छन् । गाउँपालिकाले अस्थायी अस्पताल संचालनको जानकारी एक बिज्ञप्ति मार्फत गराएको छ ।

प्रकाशित मिति : २४ कार्तिक २०७७, सोमबार १७:२२

प्रतिक्रिया दिनुहोस्