कोरोनाको कारण सिन्धुलिमा थप एकको मृत्यु

सिन्धुली । केएमसी हस्पिटल काठमाडौमा उपचारको क्रममा सिन्धुली स्थाइ घर भएका थप एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।

कमलामाइ नगरपालिका – ५ रानिखोला निवासी ३५ बर्षिया हेमबहादुर महत्तराको उपचारका क्रममा मृत्यु भएको कमलामाइ नगरपालिका -५ का वडा-अध्यक्ष पुर्णबहादुर खड्काले जानकारी दिए ।

श्वासप्रश्वासमा समस्या भएपछि उपचारका लागि उनलाइ केएमसी हस्पिटल काठमाडौमा चार दिन अगाडि भर्ना गरिएको थियो । उनको मंगलबार बेलुका कोभिड -१९ को संक्रमणका कारण मृत्यु भएको अस्पतालले जनाएको छ ।

मृतकको वडा-कार्यालयको संयोजन, नेपाली सेनाको ब्यबस्थापनमा पशुपति आर्यघाटमा अन्त्यष्टी गरिएको अध्यक्ष खड्काले बताए ।

प्रकाशित मिति : ८ पुष २०७७, बुधबार १४:२१

प्रतिक्रिया दिनुहोस्