स्वेटर पाएपछि बिद्यार्थीको खुशी: अध्यक्ष ज्यु ! धन्यबाद हजुरलाइ

सिन्धुली – अत्याधिक बढिरहेको चिसोको कारण आर्थिक अबस्था कमजोर भएका बालबालिकाहरुलाई बिधालय जान/आउन र कक्षाकोठामा बस्न समस्या छ । पारिवारको आर्थिक अबस्था बलियो भएका बिद्यार्थीले त बिधालय जादा न्यानो कपडा लगाएर जान्छन नै । तर, कमजोर आर्थिक अबस्था भएका बिद्यार्थी यो जाडोमा कठ्याङ्ग्रीदै बिधालय जानू आउनुको बिकल्प छैन ।

अझ यो समस्याको प्रमुख मारमा त बालबालिकाहरु नै छन । जसको कारण बालबालिकाहरु विभिन्न रोगको सिकार हुने गर्दछन दिनप्रतिदिन चिसो बढेसँगै सिन्धुलिको एक बिधालयमा अध्यनरत बालबालिकालाइ शुक्रवार न्यानो कपडा (स्वेटर) बितरण गरिएको छ । कमलामाई नगरपालिका वडा नं. ५ मा रहेको जनज्योति मावि फोस्रेटारमा अध्ययनरत विपन्न तथा असाहय बालबालिकाले जाडोको लागी स्वीटर पाएका हुन ।

कमलामाई नगरपालिका वडा नं. ५ का अध्यक्ष पूर्ण बहादुर खड्काले आफ्नो ब्यक्तिगत लगानीमा ५१ जना बालबालिकालाई शुक्रवार न्यानो कपडा (स्वेटर) वितरण गरेका हुन ।

बालबालिका जाडोमा कठयांग्रिदै विद्यालयमा आउने, जाडोका कारण पढ्न नसक्ने अवस्था सृजना भएपछि विद्यालयसंगको समन्वयमा कपडा वितरण गरिएको अध्यक्ष खड्काले बताए । खड्का उक्त विद्यालयको व्यवस्थापन समितिको अध्यक्ष समेत हुन ।

अविभावक नभएका, न्युन आय भएका र कपडा किनेर लगाउन नसक्ने बालबालिकालाई न्यानो कपडाको व्यवस्था गर्न विद्यालयका प्रधानाध्यापकले अनुरोध गरेपछि वडा-ध्यक्षले व्यक्तिगत लगानीमा कपडा वितरण गर्ने योजना बनाएका हुन ।

उक्त बिधालयमा अध्यनरत २७ जना विपन्न परिवारका बालबालिका, २३ जना आमा-बाबु नभएका बालबालिका र एक जना वेपत्ता परिवारका बालबालिका रहेका विद्यालयले जनाएको छ ।

बालकक्षा देखि कक्षा ८ सम्म पढ्ने बालबालिकालाई एक कार्यक्रमका बीच कपडा वितरण गरिएको छ । कपडा वितरण कार्यक्रममा बोल्दै विद्यालयका प्रधानाध्यापक भिमविक्रम थापाले विद्यालयमा असहाय र न्युन आर्थिक अवस्था भएका २ सय बालबालिकाले अध्ययन गर्छन ।

ती सबै बालबालिकालाई न्यानो कपडा उपलब्ध गराउन दाताको खोजीमा रहेको विद्यालयले जनाएको छ । थापाका अनुसार कमलामाई नगरपालिका -५ का वडा-अध्यक्ष खड्कासंग समन्वय गरि न्यानो कपडा स्वीटर वितरण गरिएको हो ।

कार्यक्रममा बोल्दै वडा-अध्यक्ष खड्काले बालबालिकाको सहयोगका लागि व्यक्तिगत तथा वडा कार्यालयको तर्फबाट सक्दो सहयोग गर्ने बताए । उनले व्यक्तिगत सहयोगमा बालबालिकालाई सहयोग गरेको समेत बताए । खड्काले न्यानो कपडा वितरणलाई अर्को वर्ष पनि निरन्तरता दिने प्रतिवद्धता समेत व्यक्त गरेका छन ।

जाडोमा कठयांग्रिदै बिधालय धाउनुपर्ने समस्यालाइ बुझेर आफुहरुलाइ स्वेटर बितरण गरेको प्रती बिद्यार्थी खुशी भएका छन । बिद्यार्थीले भने, ‘सहयोगी अध्यक्ष ज्यु, धन्यवाद हजुरलाइ !!’

प्रकाशित मिति : १० पुष २०७७, शुक्रबार १९:३९

प्रतिक्रिया दिनुहोस्