कमलामाइ नगरपालिकाको वडा कार्यालय २ मा स्थानियद्वारा तालाबन्दी [बिज्ञप्ति सहित]

सिन्धुली । कमलामाइ नगरपालिकाको -२ नम्बर वडा कार्यालयमा आइतबार स्थानियले तालाबन्दी गरेका छन । स्थानियले बागमती प्रदेशले निर्धारण गरेको बजेट हुँदाहुँदै कमलामाइ नगरपालिकाको नगरकार्यपालिकाले छुट्याएको बजेटलाइ साबिकको अन्य वडालाई छोडेर वडा नम्बर २ मा मात्रै बजेट छुट्याएको भनी तालाबन्दी गरिएको जनाएका छन ।

वडाकार्यालयको एस्तो लापरबाहीपुर्ण कार्यप्रती असन्तुष्टि जनाउदै २ नम्बर वडा अन्तर्गतका साबिकको आठवटा वडाले सयुक्त हस्ताक्षर संकलन गरि वडाकार्यालयमा तलाबन्दी गरिएको स्थानिय वसन्त गौतमले बताए ।

कमलामाइ नगरपालिकाको नगरकार्यपालिकाले वडा नम्बर -२ को लागि बिनियोजन गरेको रु. २५ लाख हुदाहुदै प्रदेश कार्यालयले नै योजना छानेको वडामा पुनः वडा कार्यालयको ०७७/०९/१० गतेको वडाबैठकले वडाको रकम बिनियोजन गरेको र अन्य साबिकको आठ वडामा बजेट बिनियोजन नगरिएको प्रती स्थानियले आपत्ती जनाएका स्थानिय गौतमले बताए ।

हस्ताक्षर संकलित ज्ञापनपत्रमा भनिएको छ, ‘वडा-कार्यालयको यो गलत निर्णयलाइ यथासिघ्र सच्याइ भुगोल तथा क्षेत्रलाइ समेटिने गरि स्थानिय राजनितिकदल, आम सर्बसाधारण नागरिकको उपस्थितिमा योजनाबारे छलफल गर्न र बजेट बिनियोजन गरियोस ।’

वडा-अध्यक्षको अनुकुलता अनुरुप बिनियोजित बजेट रु. ८९ लाख मध्येको रु. २५ लाख बजेट बिनियोजनको निर्णयलाइ नसच्याए यसबाट उत्पन्न हुने भौतिक अभौतिक क्षेतिलाइ स्वयं वडा कार्यालयले बेहोर्नुपर्ने ज्ञापनपत्रमा उल्लेख छ ।

हस्ताक्षर संकलन सहितको ज्ञापनपत्रमा स्थानिय ३६ जनाको हस्ताक्षर रहेको र उक्त पत्र वडा-अध्यक्ष नबराज थिङलाई पठाइएको स्थानिय युवा प्रकाश कार्किले बताए ।

प्रकाशित मिति : १३ पुष २०७७, सोमबार १०:०१

प्रतिक्रिया दिनुहोस्