केपि ओलिको कदम बिरुद्ध सडकमा ‘स्वाहा कार्यक्रम’

काठमाडौ – प्रचण्ड-नेपाल समूहका विद्यार्थीद्वारा सोमबार प्रधानमन्त्री केपी ओलीको कदम विरुद्ध सडकमै  ‘स्वाहा’ कार्यक्रमको आयोजना गरेका छन्।

invotech

अनेरास्ववियूले आयोजना गरेको कार्यक्रममा प्रचण्ड-नेपाल समूहका विद्यार्थीले प्रतिगामी असंवैधानिक कदम खारेजीको माग गर्दै नारा जुलुस समेत गरेका छन्।

उनीहरूले ओलीको विरोध गर्दै स्वाहा कार्यक्रममा ‘बयलगाडा स्वाहा, मूल्य  र मान्‍यता स्वाहा, महाकाली स्वाहा, रेलगाडी स्वाहा, गणतन्त्र स्वाहा, लोकतन्त्र स्वाहा, जनजीविका स्वाहा, पानीजहाज स्वाहा, वालुवाटार स्वाहा, केपी ओली स्वाहा, विधिको शासन स्वाहा, वालुवाटारको जग्गा स्वाहा’ लगायतका नारा राखेर व्‍यंग्य गरेका छन्।

सडकमा पण्डितद्वारा स्वाहा कार्यक्रममा असंवैधानिक कदम खारेजीको मागसमेत गरेका छन्।

प्रकाशित मिति : १३ पुष २०७७, सोमबार १७:३९

प्रतिक्रिया दिनुहोस्