टमाटर खेती: एकलटमा १२ लाख आम्दानी

सिन्धुली :  गोलन्जोर गाउँपालिकाको ग्वाल्टारमा एक युवाले टमाटर खेती गरेर पहिलो लटमा १२ लाख बराबरको आम्दानी गरेका छन । १३ रोपनी जग्गा भाडामा लिएर टमाटर खेती शुरु गरेका नारायण गिरिले सोचे अनुसार नै टमाटर खेतिबाट आम्दानी भएको भन्दै खुशी ब्यक्त गरे ।

अहिले उनले गरेको टमाटर खेतिबाट उनी आफु मात्रै नभएर गाउँका अन्य कृषक तथा युबा पनि टमाटर खेती तर्फ आकर्षित भएको स्थानियले बताए । खोटाङको हेलेसी तुवाचुङ गाउँपालिका स्थायी घर भएका नारायण गिरीले गोलन्जोर गाउँपालिकाको ग्वाल्टारमा टमाटर खेती सुरु गरेको झण्डै एक वर्ष भयो ।

गिरीले यो वर्ष एक लट टमाटर बिक्री गरिसकेका छन् । पहिलो लटमै उत्पादन भएको टमाटरबाट करिब १२ लाख बराबर आम्दानी गर्न सफल भएपछी उनी टमाटर खेतिलाइ थप बिस्तार र ब्यबस्थित बनाउने योजनामा छन । 

उत्पादन भएको टमाटर सिन्धुलीकै बजारमा खपत हुँदै आएको छ। उनका अनुसार सिन्धुलीबाहेक रामेछाप, उदयपुर, ओखलढुंगा, खोटाङसम्मका व्यापारी आफैं आएर किनेर लैजाने गरेका छन् । कृषि पेसामा लागेर मेहनत गरे गाउँमै मनग्य आम्दानी गर्न सकिन्छ भन्ने उनी उदाहरणिय पात्र भएका छन ।  

प्रकाशित मिति : २२ पुष २०७७, बुधबार ०८:१०

प्रतिक्रिया दिनुहोस्