दृष्टिबिहिन छात्राबास लदाभिरलाइ साबिकाको कार्पेट सहयोग

सिन्धुली – माबी लदाभिर दृष्टिबिहिन छात्राबास दुधौलिलाई सामुदायिक बिकास कार्यक्रम सिन्धुलिले कार्पेट बितरण गरेको छ । छात्राबासमा बस्ने बिद्यार्थीलाई चिसोका कारण हिडडुल गर्न र कक्षाकोठामा बस्न समस्या भएपछी साबिकाले बिधालयसंग समन्वय गरेर कार्पेट बितरण गरेको हो ।

सामुदायिक बिकास कार्यक्रमसंग प्लान इन्टरनेशनल नेपालको सहयोगमा संचालित बाल संरक्षण परियोजनाले उक्त कार्पेट बितरण गरिएको साबिकाका अध्यक्ष मिलन श्रेष्ठले बताउनुभयो । श्रेष्ठको अनुसार परियोजना मार्फत ६५ मिटर कार्पेट दृष्टिबिहिन बालबालिकालाई बितरण गरिएको हो ।

परियोजनाले कमलामाइ नगरपालिका स्थित नबज्योती बहिरा बिधालय र जनज्योती माबी फोस्रेटारलाई खानेपानी शुद्धिकरणका लागि प्रयोग गरिने विद्युतिय फिल्टर बितरण गरेको सामुदायिक बिकास कार्यक्रमका बाल संरक्षण परियोजनाका कार्यक्रम संयोजक जनक बिकले बताउनुभयो । उक्त परियोजना बि. सं. २०२३ सम्म सिन्धुली जिल्लामा संचालन हुने संयोजक बिकले बताउनुभयो ।

हाल उक्त दृष्टिबिहिन छात्राबासमा १० जना बिद्यार्थी अध्ययन र बसोबास गरिरहेका छन । दुईजना अन्य किसिमको अपाङ्ग सहित १० जना बिद्यार्थी छात्राबासमा रहेको बिधालयका प्रधानाध्यापक मोहन शाहिले बताउनुभयो ।

दृष्टिबिहिन बालबालिका तथा बिद्यार्थीलाई अध्यापन गराउने तथा सुरक्षीत बसोबास गराउने उदेश्यले लदाभिर दृष्टिबिहिन छात्राबास २०६१ सालमा स्थापना भएको हो ।

प्रकाशित मिति : ७ माघ २०७७, बुधबार १५:३०

प्रतिक्रिया दिनुहोस्