सिन्धुली – अवैद्य रुपमा काठ ओसारपसारमा संलग्न ट्याक्टर सहित चार जनालाइ जिल्ला प्रहरि कार्यालय सिन्धुलिले गएराती पक्राउ गरेको छ ।
सिन्धुलिको कमलामाई नगरपालिका १० कमलाखोला स्थित सरकारी टोल नजिकै तिनपाटन गाउँपालिका १ बाट कमलामाई नगरपालिका १० तर्फ ल्याउदै गर्दा इलाका प्रहरी कार्यालय भिमानको गस्तिले पक्राउ गरेको हो ।
ना ३ त ८०० न. को ट्याक्टरमा अबैध रुपमा ल्याउदै गरेको झ्यालको चौकोस चार थान, ढोकाको चौकोस पाँच थान, पट्टा (फलेक) २१ थान, तयारी सालको काठ अ.२३.७९ क्युफिट लोड गरी ल्याउदै गरेको अबस्थामा ई.प्र.का. भिमानले पक्राउ गरेको इन्स्पेक्टर हरिबोल केसिले बताउनुभयो ।
प्र.ना.नि.को कमाण्डमा खटिएको प्रहरीले चेक जांच गर्दा फेला पारि ट्याक्टर, ट्याक्टर चालक सहित ४ जनालाई नियन्त्रणमा लिई शुक्रवार सब डिभिजन वन कार्यालय भिमानमा बुझाइएको जिल्ला प्रहरी कार्यालय सिन्धुलिका प्रबक्ता श्यामबहादुर खत्रीले बताउनुभयो । पक्राउ पर्नेहरुमा ट्याक्टर चालक तिनपाटन गाउँपालिका २ का ४८ बर्षिय कर्ण ब.तामाङ, सोही ठाउँ बस्ने १८ बर्षका भुवन मगर, ३५ बर्षिय बल ब. राना र ५० बर्षिय मान ब.मगर रहेका छन ।