सिन्धुलिमा जन्ती बोकेको ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु ३३ घाइते

सिन्धुली – जन्ती बोकेको ट्याक्टर दुर्घटना हुँदा सिन्धुलिमा शुक्रवार एक जनाको मृत्यु भएको छ । दुर्घटनामा ३३ जना घाइते भएका छन । घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । 

जिल्लाको हरिहरपुरगढी गाउँपालिका -५ सिमसारपाखास्थित मदन भण्डारी लोकमार्गमा ना ५ त ५३५६ नम्बरको ट्याक्टर दुर्घटना हुँदा मरिण गाउँपालिका–२ सिन्धुलीका २५ बर्षिया प्रताप लोको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका लोको काठमाण्डौं स्थित ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको हो । 

सिन्धुलीका प्रहरी प्रवक्ता तथा प्रहरी निरिक्षक सन्तोष कुमार पोखरेलका अनुसार बखबरबाट मरिण गाउँपालिका -२ रातमाटेतर्फ जन्ती लिएर जाँदै गरेको थियो । 

प्रकाशित मिति : २३ माघ २०७७, शुक्रबार १९:१३

प्रतिक्रिया दिनुहोस्