काङ्ग्रेस निकट १८ शुभेच्छुक संस्थाको सिन्धुलिमा बिरोध प्रदर्शन

सिन्धुली – नेपाली काङ्ग्रेसका १८ शुभेच्छुक संस्थाले शनिबार सिन्धुलीमाढिमा बिरोध प्रदर्शन गरेको छ । नेपाल ट्रेड युनियन काङ्ग्रेस, नेपाल शिक्षक संघ, नेपाल प्रेस युनियन लोकतान्त्रिक गैह्रसरकारी संस्था महासंघ लगायतका शुभेच्छुक संघसंस्थाले बिरोधसभाको आयोजना गरेको हो ।

नेपाल कम्युनिस्ट पार्टी नेतृत्वको सरकारले गरेको प्रतिनिधि सभा विघटनको असंबैधानिक र अलोकतान्त्रिक कदमको विरुद्धमा नेपाली काङ्ग्रेस निकट शुभेच्छुक संघसंस्थाले सयुक्तरुपमा बिरोध जनाएको हो ।

बिरोध प्रदर्शन नेपाली काङ्ग्रेसको पार्टी कार्यालयबाट मौन जुलुश शुरु भइ धुराबजार, दुई नम्बर बजार, स्टलबजार हुँदै लोकतान्त्रिक चौरमा आइपुगेर कोटसभामा परिणत भएको थियो ।

प्रदर्शनकारिले आफ्नो-आफ्नो शुभेच्छुक संस्थाको झण्डा ब्यानर बोकि कालोपट्टि बाधेर बिरोधसभामा सहभागी भएका थिए । बिरोधसभाको कोटसभामा बोल्दै संविधानसभा सदस्य तथा पुर्व पार्टी सभापती मोहनप्रसाद बरालले ओलि सरकारले गरेको असंबैधानिक कदम लोकतन्त्रमा आस्था राख्ने जोकोहिलाइ स्विकार्य नभएको जिकिर गर्नुभयो ।

बरालले गैह्रसंबैधानिक कदमलाइ सर्वसत्तावादी, निरंकुश र स्वेच्छाचारी चरित्रबाट उत्पन्न लोकतान्त्रिक मूल्य, मान्यता र संवैधानिक व्यवस्था प्रतिकुल बदनियतपूर्ण काम भएको बताए ।

संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान भत्काउने र मुलुकलाई अस्थिरता, अनिश्चितता, अराजकता र असफलतातर्फ लैजाने केपि ओलिलाइ अर्को किड्नि फेर्नु परे परोस कम्युनिस्टलाई सडकमा पुर्याइदिने बरालले चेतावनी दिए ।

कोणसभालाई सम्बोधन गर्दै नेपाली काङ्ग्रेस सिन्धुलिका सभापती उज्वलप्रसाद बरालले विगतको निर्वाचनमा स्थिरता, शान्ति र संमृद्धिको नारा दिएर झन्डै दुई तिहाई जनमत प्राप्त गरेको वर्तमान सरकारले जनताबाट प्राप्त जनादेशको अपमान गरेको उल्लेख गरे ।

पछिल्ला घटनाक्रमले कम्युनिष्ट पार्टी, सरकार देश र जनताको हितमा सत्ता सञ्चालन गर्न अक्षम, जनताप्रति गैरजिम्मेवार र अनुत्तरदायी रहेको स्पष्ट भएको सभापती बरालको भनाइ छ । नेपाल ट्रेड युनियन काङ्ग्रेस सिन्धुलिका सभापती श्यामहरी अधिकारिको अध्यक्षतामा बिरोध प्रदर्शनपछिको कोटसभा सम्पन्न भएको हो ।

प्रकाशित मिति : २४ माघ २०७७, शनिबार १५:२६

प्रतिक्रिया दिनुहोस्