सिन्धुली – नेपाल आफैमा भौगोलिक रूपमा दृश्यावलोकनीय देश हो । प्राकृतिक छटाले भरिपूर्ण यहाँको सम्पदाको अवलोकनका लागि आन्तरिक तथा बाह्य पर्यटनको आवागमन प्रशस्त हुने गरेको छ । आर्थिक पाटोमा पनि यसको योगदान हुने गरेको छ । यसमा अझै आकर्षण बढाउन र समय सापेक्ष माग पूरा गर्न भन्दै बागमती प्रदेश सरकारले झण्डै २४ करोड खर्च गरेको छ […]
अर्थ
कमलामाइ नगरपालिकाद्वारा निष्कृय रहेका सात सहकारी खारेज
सिन्धुली – कमलामाई नगरपालिकाले गगरपालिका मातहतका सातवटा सहकारी संस्थाको दर्ता खारेजी गरिदिएको छ । दर्ता भएको लामो समयसम्म कुनैपनि कारोवार तथा गतिविधि नगरी निष्कृय रहेको कारण जनाउदै सातवटा सहकारी संस्था खारेज गरेको हो । कमलामाई नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सूर्यप्रसाद दाहालका अनुसार कमलामाई नगरपालिका- ८ मा रहेको कमलामाई सृजनशील जडीबुटी सहकारी संस्था, वडा नम्बर ३ मा […]
हाइ-मास्क-लाइट जडान पछि नगरपालिकाको बसपार्क क्षेत्र झिलिमिली
सिन्धुली – पछिल्ला दिनहरुमा सिन्धुलीको कमलामाइ नगरपालिका स्थित बसपार्क लगायत बजार क्षेत्र राति पनि झलमल्ल हुने गरेका छन् । अहिले दिउँसोभन्दा रातिको दृश्य मनमोहक देखिन्छ । कमलामाइ नगरपालिकाले यस आ.व. २०७९/०८० बाट खर्च हुनेगरी नगरपालिका अगाडि बसपार्क क्षेत्र लगायत आसपास क्षेत्रमा रातको समयमा पनि उज्यालो हुने गरि हाइ मास्क लाइट जडान गरेको छ । उक्त […]
‘अंकपत्र’को समन्वयमा ३५ परिवारलाई खाद्यान्न सहयोग
सिन्धुली – कमलामाइ नगरपालिका – ४ का ३५ घरपरिवारलाई अंकपत्र मिडिया ग्रुप प्रा.लिको समन्वयमा खाद्यान्न सामाग्री बितरण गरिएको छ । फ्रेज्जी लाइट नन प्रोफिट अर्गनाइजेसन अस्ट्रिया (Frizzey Light Austria (non-profitable organization) का संचालक Mr. FRIZZEY GREIF को आर्थिक सहयोग तथा कमलामाइ नगरपालिका वडा नम्बर -४ संग अंकपत्रको समन्वयमा उक्त सामग्री बितरण गरिएको हो । वडा […]