सिन्धुली – नेपाली सेनाले सिन्धुली र रामेछाप जोड्ने बेलिबृज पुल निर्माणको काम सुरू गरेको छ । जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार प्राविधिक सहितको टोलीले बेलिबृज पुल निर्माण गरेको हो । असोज १० गतेदेखि १३ गतेसम्म परेको अविरल वर्षापछि आएको बाढी-पहिरोले सिन्धुली र रामेछाप जोड्ने बेलिबृज पुल बगाएको थियो । गोलन्जोर गाउँपालिका-७ खुर्कोट र मन्थली नगरपालिका-६ […]
चाडपर्व लक्षित सिन्धुलीको ६ स्थानमा ‘यात्रु सहायता कक्ष’ स्थापना
असोज २०, सिन्धुली – चाडपर्वको समयमा यात्रुलाई हुने समस्या कम गर्न जिल्ला प्रहरी कार्यालय सिन्धुलीले सदरमुकाम स्थित बसपार्क चौकमा ‘यात्रु सहायता कक्ष’ स्थापना गरेको छ । जिल्लाभित्र चल्ने सवारीसाधन र बाहिरबाट भित्रिने सवारीसाधनमा यात्रुलाई पर्ने समस्या समाधानका लागि कक्षको स्थापना गरिएको हो । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक गोबिन्द राज काफ्लेका अनुसार […]
पहिरो प्रभावितको पीडाः न बस्ने बासको ठेगान छ, न छ खाने गासको
– राधिका बुढाथोकी पाँच जनाको परिवार खुसी थियो । दसैँ मनाउन खर्च जुटाइसकेका थिए । तर, दसैँ आउनुअघि दशा बनेर आयो बाढीपहिरो । बाढीले धान खेत बगर बनायो । घरमा भएका सामान केही निकाल्न पाएनन् । पहिरोले घर ध्वस्त पार्यो । बाढीपहिरोले घरखेत सखाप पारेर सुकुम्बासी बनाए पनि परिश्रम गरेर पुरानै लयमा फर्किने हिम्मत जुटाउथे । […]
बाढी पीडितलाई कमलामाई नगरपालिकाको आर्थिक सहयोग
सिन्धुली – अविरलको वर्षासंगै गत असोज १२ र १३ गते सुनकोशी नदी र रोशी खोलामा आएको बाढीका कारण प्रभावित बनेका जिल्लाको गोलन्जोर र सुनकोशी गाउँपालिकाका प्रभाबितहरुलाई कमलामाइ नगरपालिकाले शुक्रबार राहत स्वरुप नगद वितरण गरेको छ । अविरल वर्षासंगै सुनकोशी र रोशी खोलामा आएको बाढीले प्रभावित बनेका घरपरिवारलाई राहत स्वरुप रु. ६ लाख रुपैयाँको चेक नगरप्रमुख […]
बालबालिकालाई नृत्य तथा गायन सिकाउने नाउँमा ठगी धन्दा
सिन्धुली – बिधालयमा अध्यनरत बालबालिकालाई गायन, नृत्य, उद्घोषण लगायत कार्य सिकाउने भन्दै इएनटी स्टुडियो नामक कम्पनीले सिन्धुली जिल्लाका २५ सय भन्दा माथी बालबालिकालाई ठगेको छ । तीन दिनको रु. पाँच सय, सात दिनको रु. एक हजार र एक महिनाको रु. पन्ध्र सयको प्याकेजमा बालबालिकालाई राष्ट्रिय स्तरको कलाकारबाट प्रशिक्षण दिने भन्दै उक्त कम्पनीले बिधालयका २५ सय […]