सिन्धुली — जिल्ला प्रहरी कार्यालय सिन्धुलीले शनिबार दिउँसो ठूलो परिमाणमा गाजा सहित संलग्न एक जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले बोरा तथा फलामको ड्रममा लुकाई राखेको अवस्थामा लागु औषध (गाँजा) ६ क्विन्टल १५ केजी परिमाणमा फेला पारि संलग्न एकलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक गोविन्दराज काफ्लेले जानकारी दिनुभयो । जिल्लाको […]
लागु औषध दुरुपयोग विरुद्ध सरोकारवालासँग अन्तरक्रिया सम्पन्न
सिन्धुली — लागु औषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्ध साताव्यापी कार्यक्रम सञ्चालन गरिरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले अभियानको दोस्रो दिन शुक्रबार लागु औषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्ध सरोकारवालाहरुसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । प्रहरी कार्यालय सिन्धुलीले लागु औषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्र्तराष्ट्रिय दिवस (जुन २६) को सन्र्दभ पारेर विभिन्न जनचेतनामुलक कार्यक्रम […]
अनाथ बालबालिकालाई विद्यालय पोसाक वितरण
सिन्धुली – जिल्लामा सञ्चालित जिएसएस परियोजनाले कमलामाई नगरपालिका —५ स्थित कमला जनज्योती माध्यामिक विधालय सिलामेमा अध्यनरत ३४ जना अनाथ बालबालिकाहरुलाई शुक्रबार विद्यालय पोसाक वितरण गरेको छ । प्लान ईन्टरनेशनल नेपाल र ह्याण्डस नेपाल सिन्धुलीको साझेदारीमा सञ्चालित जिएसएस परियोजनाले विद्यालयमा अध्यनरत ३४ अनाथ बालबालिकालाई विद्यालय पोसाक स्वरुप सर्ट पाईन्ट र ट्रयाकसुट सेट वितरण गरेको हो । […]
लोक भजन चुट्का सास्कृतिक कार्यक्रम सिन्धुलीमाढीमा हुने
सिन्धुली – नेपालको मौलिक कला, संस्कृतिको संरक्षण र प्रवर्द्धनका लागि लोक भजन चुट्का सास्कृतिक कार्यक्रम सिन्धुलीमाढीको खुल्लामञ्चमा आउने शनिबार आयोजना हुने भएको छ । स्वीकृति इभेट्सको आयोजना तथा राष्ट्रिय लोक भजन चुट्का संस्कृति संरक्षण नेपाल बागमती प्रदेश समितीको ब्यबस्थापन तथा संरक्षणमा उक्त सास्कृतिक कार्यक्रम आयोजना हुन लागिरहेको प्रदेश इन्चार्ज नवीन पौडेलले जानकारी दिनुभयो । प्रतिष्ठानका […]
युबा नागरिक अंकपत्र सञ्चालनबारे संचारकर्मीसंग सम्बाद सम्पन्न
सिन्धुली – प्लान इन्टरनेशनल नेपाल र मानव तथा राष्ट्रिय बिकास समाज (ह्याण्डस) नेपालको साझेदारीमा संचालित युबाहरुको आवद्धतामा स्थानिय तहको जवाफदेहीता अभिबृद्धि परियोजनाले गरेका गतिबिधीहरु बारे बुधबार संचारकर्मीसंग सम्बाद तथा अन्तरक्रिया गरिएको छ । परियोजनाले कार्यक्षेत्रमा देखिएका समस्या, त्यसको समाधानका लागी गरिएका कार्य, भाबी चुनौती लगायतका बारेमा संचारकर्मी संग सम्बाद आयोजना गरिएको हो । युबा नागरिक […]








