सिन्धुली – आगामी आर्थिक वर्ष ०८२/८३ को बजेटमार्फत सुनचाँदी, हिरा, जवाहरात तथा हस्तकलाका सामग्रीमा विलासिता शुल्क र भ्याट लागू गरेको विरोधमा सिन्धुलीका सुनचाँदी व्यवसायी गएको जेष्ठ २९ गतेदेखी चरणबद्ध रुपमा आन्दोलनमा छन् । उनीहरूले विरोधस्वरूप सोमबार जिल्लाका विभिन्न राजनैतिक दलका कार्यालयहरुमा ज्ञापनपत्र बुझाएका छन । नेपाल सुनचाँदी व्यवसायी महासंघ, नेपाल सुनचाँदी रत्न तथा आभुषण महासघं तथा नेपाल […]
साहस, संघर्ष र समाजसेवाको उज्यालो नाम: बबिता
सिन्धुली जिल्लाको गोलञ्जोर गाउँपालिका डाँडाकाँडाले घेरेको एउटा सामान्य गाउँमा २०३८ सालको चैत महिनाको अन्तिम साँझ एक नानीले संसार देखिन् । हाम्रो हिन्दु परम्परा अनुसार गाँउका पण्डितले नाम नामाकरण गरिदिए बबिता थापा । पाँच दिदीभाइको कान्छी थिईन् बबिता । आमा–बुबाको काखको जून, सिंगो घरको हाँसो । तर नियतिको लेखाजोखा सायद उनी जन्मिनुअघि नै फरक थियो त्यो […]
बीपी राजमार्गले उठाएको सिन्धुली फेरि थलिँदै
सिन्धुली – मुलकोटका रिसोर्टमा एक वर्ष अघिसम्म शुक्रबार कोठा पाउन मुस्किल पर्थ्यो। दिउँसोतिर काठमाडौँबाट हिँडेका आन्तरिक पर्यटक बीपी राजमार्ग हुँदै साँझ मुलकोट पुग्थे। ‘वान नाइट स्टे’का लागि उनीहरूले सुनकोशी नदी किनारका रिसोर्ट बुक गर्थे। कोशीका बगरमा मध्यरातसम्म संगीत गुञ्जन्थ्यो। आगन्तुकहरू त्यसमा झुम्मिँदै खानपानको आनन्द लिन्थे। सुनकोशी किनारको यो रमझम करिब एक दशकसम्म सिन्धुलीको पहिचान बनेको थियो। […]
मन्त्रिपरिषद्को निर्णय: सिन्धुलीका भूपाल बराल सचिवमा बढुवा
सिन्धुली – नेपाल सरकारका सहसचिव भूपाल बराल सचिवमा बढुवा हुनुभएको छ । मन्त्रिपरिषद्को सोमबार राति बसेको बैठकले बराललाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हो । प्रशासनतर्फका सहसचिव बराल वन तथा वातावरण मन्त्रालयमा कार्यरत थिए । यसअघि लोक सेवा आयोगका अध्यक्ष माधव रेग्मी नेतृत्वको बढुवा समितिले प्रशासनतर्फका तीन सहसचिवलाई बढुवाका निम्ति सिफारिस गरेको थियो । महालेखा […]
सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’
कहिलेकाहीँ मौनता यति चर्को हुन्छ कि शब्दहरू थरथर काँप्छन्। त्यस्तै, मौनतामा चिच्याएको छ, सिन्धुली अस्पतालकोे ‘बेड नम्बर ३३’। अस्पतालको दोस्रो तल्लामा अवस्थित ३३ नम्बर शय्यामा श्वास मात्रै चलिरहेको शरीर लम्पसार छ। शरीरका अङ्ग अचेत छन्। आँखा खुल्दैनन्। कहिले धड्कन अत्यास लाग्नेगरी बढ्छ। कुनै बेला श्वास पनि रोकिएझैँ हुन्छ। त्यो कोमामा पुगेको शरीर हो, तेजबहादुर सिञ्जाली मगरको। […]








