सिन्धुली – १०४ वर्षे जहानियाँ राणा शासन अन्त्य भई देशमा प्रजातन्त्र बहाली भएको दिन फागुन ७ को स्मरणमा आज ७३ औं प्रजातन्त्र दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदैछ । दिवसको अबसरमा सिन्धुलीको कमलामाइ नगरपालिकाको आयोजनामा जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय परिसरमा फुल्ने फुलहरुको बृक्षरोपन गरिएको छ । नौ फरक प्रजातीका बृक्षहरु सिन्धुली क्षेत्र […]
२६० औं सेना दिवसको अबसरमा सास्कृतिक कार्यक्रम सम्पन्न
सिन्धुली – सिन्धुली स्थित श्री बर्दबहादुर गणले सेना दिवस मनाएको छ । नेपाली सेना गठन गरेको २६० औं बार्षिक उत्सवको उपलक्ष्यमा महाशिवरात्रीका दिन सेना दिवस मनाएको हो । सेना दिवसको अबसरमा बर्दबहादुर गणले विभिन्न जातजातिका नृत्य सहितको सास्कृतिक कार्यक्रमको आयोजना गरि दिवस मनाएको हो । नेपाली सेनाका सहायक रथी तथा श्री ९ नम्बर बाहिनीका बाहिनिपती […]
ब्रदरहुड इभेन्ट्सको आयोजनामा फुड एण्ड म्युजिक फेस्टिबल हुने
सिन्धुली – महाशिवरात्री हिन्दुको एक विशेष पर्व हो । हिन्दु क्यालेन्डर अनुसार फागुन कृष्ण चतुर्दशीको दिन शिवरात्री मनाइन्छ । महाशिबरात्रीको अबसरमा ब्रदरहुड इभेन्ट्स एण्ड इन्टरटेन्मेन्ट सिन्धुलीको आयोजनामा महाशिवरात्री फुड एण्ड म्युजिक फेस्टिबल -२०७९ आयोजना गरिने भएको छ । ब्रदरहुड इभेन्ट्सका अध्यक्ष अस्मिन थापा मगरले बिहिबार पत्रकार संगको अन्तकृया कार्यक्रममा आफुहरुले आयोजना गर्न लागिएको कार्यक्रमबारे बताएका […]
जनयुद्धमा तीन छोरा गुमाएकी सिता जनयुद्ध दिवसकै दिन अस्ताइन
सिन्धुली– माओवादी जनयूद्धमा तीन छोरा गुमाएकी सुनकोसी गाउँपालिका ५ नाङ्गेडाडाकी ८३ वर्षीय सिता दाहालको जनयूद्ध दिवसकै दिन सोमबार बिहान निधन भएको छ । जनयूद्ध शुरु भएपछि सिताका छोराहरु मीनकुमार, पवन र देवीप्रसाद राज्यद्धारा मारिएका थिए । तीनछोरा र तीनछोरीकी आमा सिताका छोराहरु यूद्धमोर्चामा रहेकै बखत मारिएका हुन् । स्थानीय संचारकर्मी मिनकुमार दाहालका अनुसार जेठो छोरा […]
स्व.कोईरालाको सातौं स्मृति सिन्धुलीमा दिप प्रज्वलन गरि मनाइयो
सिन्धुली – नेपाली कांग्रेसका पूर्व सभापति एबम पूर्व प्रधानमन्त्री शुसिल कोइरालाको सातौं स्मृति दिवस आज देशैभर बिभिन्न कार्यक्रम गरी मनाइएको छ । कोइरालाको स्मृति दिवसका अवसरमा नेपाली कांग्रेस सिन्धुली क्षेत्र नम्बर २ प्रदेश सभा (क) को आयोजनामा स्व. कोईरालाको स्मृतिमा दिप प्रज्वलन कार्यक्रम गरि सिन्धुलीमा स्मृतिसभा आयोजना गरिएको हो । कोइराला नेपालको व्यवस्थापिका संसदबाट ०७० […]








