सिन्धुली – आजदेखि माध्यमिक शिक्षा परीक्षा (एसईई) सञ्चालन हुँदै छ । बिहीबारदेखि सुरु हुने परीक्षा २७ चैतसम्म चल्नेछ । यस वर्षको एसईईमा देशभरबाट पाँच लाख विद्यार्थी सहभागी हुँदै छन् । जसमा सिन्धुलीबाट पाँच हजार ३१५ जना विद्यार्थीहरू (एसईई) परिक्षामा सहभागी हुँदैछन । त्यसमध्ये छात्र २ हजार ५ सय र छात्रा २ हजार ८ सय १५ छन् । […]
कमलामाई मेयरकप फुटबल उपाधीको लागी वडा नं. ५ र १० भिड्ने
सिन्धुली – कमलामाई नगरपालिका मेयर तथा उपमेयर कप फुटबल प्रतियोगिताको उपाधीका लागि वडा नम्बर ५ र वडा नम्बर १० ले फाइनल खेलमा प्रतिस्पर्धा गर्ने भएका छन । कमलामाई नगरपालिका नगर खेलकुद बिकास समितीद्वारा आयोजित वडास्तरिय मेयर तथा उपमेयर कप फुटबल प्रतियोगिता चैत्र ५ गतेदेखी सिन्धुलीमाढीमा जारी छ । आज भएको सेमिफाइनल खेलमा वडा नम्बर ५ र […]
कुमारी बैंक खुर्कोट शाखाको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
सिन्धुली – कुमारी बैंक लि. खुर्कोट शाखा सिन्धुलीको आयोजनामा गोलन्जोर -७ स्थित जनज्योति उच्च मा.बि खुर्कोटमा वित्तिय साक्षरता कार्यक्रम सम्पन्न भएकोे छ । ग्लोबल मौद्धिक सप्ताह -२०२४ अन्तर्गत “पैसा बचत गर्नुहोस, आफनो भविष्य सुरक्षित गर्नुहोस्” भन्ने मुल नाराका साथ बिधालयमा अध्ययनरत बिद्यार्थी हरुलाई वित्तिय साक्षरता अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बैंकले बताएको छ । […]
सकारात्मक यौनिकताबारे सम्बाद कार्यक्रम सिन्धुलीमाढीमा सम्पन्न
सिन्धुली – प्लान नेपालको सहयोग तथा ह्याण्डस नेपाल सिन्धुलीको आयोजनामा सकारात्मक यौनिकता सम्बन्धी सिएसओ र मिडियासंगको सम्बाद कार्यक्रम बिहिबार सिन्धुलीमाढीमा सम्पन्न भएको छ । संवाद कार्यक्रम जिल्लाको जोखिममा रहेका समुहलाई लक्षित गर्दै महिला तथा किशोरीको यौन तथा प्रजनन स्वास्थ्य र अधिकार थप सुनिश्चितताका लागी आयोजना गरिएको हो । संवाद कार्यक्रममा महिला तथा किशोरीको प्रजनन अधिकार प्रयोग […]
रुख ढाल्ने क्रममा ३२ बर्षिया श्रेष्ठको मृत्यु
सिन्धुली – रुख ढाल्ने क्रममा कमलामाइ नगरपालिका–५ मा आज एक व्यक्तिको रुखको हागाले लागेर मृत्यु भएको छ । कमलामाइ नगरपालिका–५ सिलामेका ३२ वर्षीय लोक नारायण श्रेष्ठको रुख काट्ने क्रममा हाङ्गाले लागेर घटनास्थलमा नै मृत्यु भएको हो । कमलामाई नगरपालिका -१ तिनतले पाखा स्थित घागरठाकुर सामुदायिक बनमा बनको ठेक्का लागेको चिलाउनेको रुख काट्ने क्रममा रुखले लागेका […]








