सिन्धुली – जिल्लाको गोलन्जोर गाउँपालिका –७ माथिल्लो बारा स्थित पंचकन्या सामुदायिक बनमा लागेको आगलागीका कारण लाखौको धनमाल जलेर नष्ट भएको छ । सामुदायिक बनमा लागेको डढेलोले स्थानियको घरगोठ जलेर लाखौको धनमाल नस्ट भएको प्रहरीले जनाएको छ । आगलागीका कारण गोलन्जोर गाउँपालिका -७ बस्ने भक्त बहादुर श्रेष्ठको ढुङ्गा माटोले बनेको तर हाल बसोबास नगरिरहेको घर पुर्ण […]
चैत्र ५ देखी कमलामाई मेयर कप फुटबल प्रतियोगिता हुने
सिन्धुली – जिल्लाको कमलामाई नगरपालिकामा ५ चैत्रदेखि चौथो वडास्तरिय मेयर कप फुटबल प्रतियोगिता हुने भएको छ । ८ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा कमलामाइ नगरपालिकाका १४ वटै वडाबाट मेयर कप फुटबल प्रतियोगितामा सहभागीहरु प्रतिस्पर्धा गर्नेछन । कमलामाइ नगरपालिकाको प्रायोजनमा नगर खेलकुद विकास समितिले प्रतियोगिता आयोजना गर्न लागेको हो । प्रतियोगितामा पालिका अन्तर्गत १४ वटै वडाका […]
सिन्धुलीको सुनकोसी बिपिपार्कमा कुकर बम विस्फोट
सिन्धुली – अज्ञात समूहले सिन्धुलीको सुनकोसी गाउँपालिका -१ दुम्जाडाँडाको बीपी पार्कमा टेलिकम टावरलाई लक्षित गरी शुक्रबार बिहान कुकर बम विस्फोट गराएका छन् । विस्फोटबाट बीपी पार्क भित्र रहेको टेलिकम टावरको भवनमा सामान्य क्षति पुगेको प्रहरीले जनाएको छ । विस्फोटको आवाज आएको जानकारी प्राप्त हुनासाथ कुशेश्वर दुम्जा चौकीबाट प्रहरीहरू पुगेका थिए । सिन्धुली प्रहरीका प्रवक्ता एवं […]
हराइरहेकी १९ बर्षिया किशोरी गोरखनाथ जंगलमा मृत भेटीइन
काठमाडौं – सिन्धुली घर भएकी बर्ष १९ कि एक किशोरी काठमाडौंको पशुपति मन्दिर नजिक जंगलको रुखमा झुण्डिएको अबस्थामा मृत अबस्थामा भेटिएकी छिन । गोरखनाथ मन्दिरमाथिको जंगलमा सुस्मिता थापाको शव रुखमा झुण्डिएको अवस्थामा आज बिहान फेला परेको गौशाला प्रहरी वृत्तका डिएसपी केशव थेवेले बताए । उनले भने, `आज बिहान मर्निङवाक गर्न जानेहरुले रुखमा झुण्डिएको अबस्थामा देखेपछि […]








