रामेछाप – रामेछाप नगरपालिका वडा नं ९ टारगाउँमा बिहिबार दिउँसो लागेको आगलागीबाट २६ घर गोठ जलेर नष्ट भएका छन । वडा नं ९ का वडाअध्यक्ष चन्द्र श्रेष्ठका अनुसार उक्त गाउँका २६ घर गोठ पूर्ण रुपमा जलेर नष्ट भएको हो । आगलागी अनियन्त्रित भइ १४ वटा घर र १२ वटा गोठ जलेर नष्ट भएको छ । […]
सामुदायिक बिधालयमै बिद्यार्थी भर्ना गराउन कमलामाईको निर्देशन
सिन्धुली – कमलामाई नगरपालिका सिन्धुलीले बिहिबार एक बिज्ञप्ति जारी गर्दै आफ्नो नगरपालिका कार्यालयबाट सेवा सुविधा उपभोग गर्ने शिक्षक तथा कर्मचारीका छोराछोरीलाई सरकारी विद्यालयमा भर्ना गराउन निर्देशन जारी गरेको छ । कमलामाई नगरपालिकाको कार्यपालिका बैठकले २०८० फाल्गुण १६ गते गरेको निर्णय अनुसार सामुदायीक विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीका छोराछोरीहरुलाई सामुदायिक विद्यालयमा पठनपाठन गराउनु पर्ने निर्णय गरेकोले […]
सिन्धुलीको रानिबासमा सवारी दुर्घटना हुँदा एकको मृत्यु
सिन्धुली – सिन्धुलीको कमलामाई नगरपालिका-१३ स्थित माथिल्लो रानिवासमा बुधबार भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । उदयपुरको कटारीबाट भिमानतर्फ आउँदै गरेको मधेस प्रदेशको ०४००१ क ००५१ नम्बरको ट्रक र बा ९२ प ६५६२ नम्बरको मोटरसाइकल एक-आपसमा ठक्कर खाई दुर्घटना हुँदा मोटर साइकल चालक सर्लाहीको हरिवन नगरपालिका ७ का ३० वर्षीय रिद्धिबहादुर मिरिङसिङको मृत्यु भएको […]
बम्जन आश्रम आसपास स्थानीयलाई प्रवेश निषेध, स्थानीयको आक्रोस
सिन्धुली – २९ फागुन । तपस्वि रामबहादुर बम्जनको सिन्धुली स्थित आश्रम आसपासमा स्थानीयलाई प्रवेश निषेध गरेको भन्दै स्थानीयले आक्रोस व्यक्त गरेका छन । कमलामाई नगरपालिका -८ पैरे सिन्धुलीमा रहेको आश्रम आसपास, खोला, वनजंगल तथा वर्षौदेखि प्रयोग गर्दै आएको सडक तथा मृत्यु संस्कार गर्ने घाट समेतमा प्रवेश रोक लगाइएको स्थानीयको आरोप छ । कमलामाई नगरपालिका ८ […]
कमलामाईका दुई वडाका २३ भुमिहिनले पाए लालपुर्जा
सिन्धुली – सिन्धुलीको कमलामाई नगरपालिका–१२ का १५ जना भूमिहीन दलित तथा सुकुम्बासीहरूले जग्गा धनी प्रमाण–पत्र (लालपुर्जा) प्राप्त गरेका छन् । कमलामाई नगरपालिकाले आइतबार वडामै पुगेर भूमिहीन दलित तथा भूमिहीन सुकुम्बासीहरूलाई लालपुर्जा वितरण गरेको हो । कमलामाई नगरपालिकाका नगर प्रमुख उपेन्द्रकुमार पोखरेलका अनुसार ३ जना भूमिहिन दलित र १२ जना भूमिहीन सुकुम्बासी गरी १५ जना सुकुम्बासीलाई लालपुर्जा […]








